‘चमेलीको पोइ’ : प्रेम, अविश्वास र हास्यको घुमाउरो कथा

सुरक्षा पन्त र मुकुन भुसालले मुख्य पात्रका रूपमा गरेको अभिनय चलचित्रको महत्वपूर्ण पक्ष हो । उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई दुवै कलाकारले स्वाभाविक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । लामो समयपछि चलचित्रमा देखिएका नारायण त्रिपाठीको उपस्थितिले पनि दर्शकमा चासो बढाएको छ । विल्सन विक्रम राई र रविन्द्र झाजस्ता कलाकारले हास्य पक्षलाई थप बल दिएका छन् ।

भैरहवा । शुक्रबारदेखी देशभर प्रर्दशनमा आएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ प्रेम, विवाह, अविश्वास, पारिवारिक सम्बन्ध र सामाजिक विडम्बनालाई हास्य तथा व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने चलचित्रका रूपमा आएको छ । एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको कथा चमेली (सुरक्षा पन्त) र शेरबहादुर (मुकुन भुसाल) को सम्बन्ध वरिपरि केन्द्रित छ । उनीहरूको सम्बन्ध सामान्य प्रेमकथाजस्तो सरल छैन । प्रेम, विवाह, शंका, ईष्र्या र व्यक्तिगत स्वार्थका कारण उनीहरूको सम्बन्ध पटक–पटक जटिल बन्दै जान्छ । कहिले नजिकिने र कहिले टाढिने उनीहरूको सम्बन्धले चलचित्रलाई अघि बढाएको छ ।
चमेलीलाई आफ्नो बनाउन चाहने विभिन्न पात्रका कारण कथामा थप उतारचढाव आउँछ ।

विशेषगरी नारायण त्रिपाठीले निर्वाह गरेको पात्रले चमेली र शेरबीचको सम्बन्धमा उत्पन्न हुने द्वन्द्वलाई थप रोचक बनाउँछ । पात्रहरूको स्वार्थ, गलत बुझाइ र एकअर्कालाई प्रयोग गर्ने प्रयासले चलचित्रमा हास्यसँगै व्यंग्यात्मक परिस्थिति सिर्जना गर्छ ।


चलचित्रको मुख्य विशेषता यसको संवाद र परिस्थितिजन्य हास्य हो । गाउँले परिवेशमा आधारित कथाले प्रेम र दाम्पत्य सम्बन्धमा देखिने शंका, अविश्वास तथा बाहिरी व्यक्तिको हस्तक्षेपलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।
कथा अगाडि बढ्दै जाँदा चमेली र शेरबीचको सम्बन्धमा आएका समस्याको वास्तविक कारण क्रमशः खुल्दै जान्छ । उनीहरूबीचको दूरी केवल व्यक्तिगत कमजोरीका कारण नभई अन्य पात्रहरूको स्वार्थ र चालबाजीका कारण पनि बढेको देखिन्छ । अन्तिमतिर विभिन्न भ्रम र गलतफहमी हट्दै गएपछि कथा सम्बन्ध, विश्वास र वास्तविक भावनाको निष्कर्षतर्फ पुग्छ ।

चलचित्रले ‘चमेलीको पोइ को हो ?’ भन्ने प्रश्नलाई मात्र केन्द्रमा राखेको छैन । यसले प्रेम र विवाहमा विश्वासको महत्व तथा सम्बन्धमा तेस्रो पक्षको हस्तक्षेपले निम्त्याउन सक्ने जटिलतालाई पनि हास्य शैलीमा उठाएको छ ।


सुरक्षा पन्त र मुकुन भुसालले मुख्य पात्रका रूपमा गरेको अभिनय चलचित्रको महत्वपूर्ण पक्ष हो । उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई दुवै कलाकारले स्वाभाविक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । लामो समयपछि चलचित्रमा देखिएका नारायण त्रिपाठीको उपस्थितिले पनि दर्शकमा चासो बढाएको छ । विल्सन विक्रम राई र रविन्द्र झाजस्ता कलाकारले हास्य पक्षलाई थप बल दिएका छन् ।

करिब दुई घण्टा ३९ मिनेट लामो चलचित्रमा केही स्थानमा कथा अनावश्यक रूपमा घुमाइएको महसुस भए पनि समग्रमा मनोरञ्जनलाई प्राथमिकता दिने दर्शकका लागि चलचित्र उपयुक्त देखिन्छ । विशेषगरी हास्य, प्रेम, पारिवारिक सम्बन्ध र गाउँले परिवेश मन पराउने दर्शकलाई चलचित्रले आकर्षित गर्न सक्छ ।

समग्रमा ‘चमेलीको पोइ’ गम्भीर सामाजिक चलचित्रभन्दा बढी सम्बन्धमा आधारित हास्यप्रधान मनोरञ्जनात्मक चलचित्र हो । प्रेममा विश्वासको कमी, गलत बुझाइ र स्वार्थले सम्बन्धलाई कसरी जटिल बनाउँछ भन्ने विषयलाई चलचित्रले हल्का र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ ।

‘चमेलीको पोइ’ आजदेखि दर्शकमाझ

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका