भैरहवा । रोटरी क्लव अफ भैरहवाले रुपन्देहीको मायाँदेवि गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री वरेवा मा.वि. मा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि स्कूलब्याग (झोला) वितरण कार्यक्रम सम्पन्न भयो । रोटरी क्लव अफ भैहरवाका अध्यक्ष रोटरियन कमल कोइरालाको अध्यक्षता एवम् असाईन ए.जि. रो. जितेन्द्रनाथ शर्माको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादवको विशिष्ट आतिथ्यता रहको कार्यक्रमको संयोजन रोटरीयन पवन पौडेलले गर्नु भएको थियो ।
मायाँदेवि गाउँपालिका वडा नं. ३ एरियामा रहेको विपन्न परिवारका बालिकालिकाहरुका लागि सानो भए पनि सहयोग गर्न पाएकोमा अत्यन्तै खुसि लागेको अध्यक्ष रो. कोइरालाले सुनाउनु भयो । हाल यू.के.मा रहेका सुक्रौलीका स्थानिय युवाहरु राम सहानी र आशिसकुमार भुज तथा उनिहरुका साथी संजय यादव लगाएतले सो झोला वितरणमा आर्थिक सहयोग गरेकोमा उनिहरुप्रति धन्यवाद ज्ञापन समेत गरिएको थियो ।
स्वार्थ भन्दा माथि सेवा भन्ने मुल भावलाई लिएर अगाडी बढेको सामाजिक संस्था रोटरीले बातावरण, विद्यालय र स्वास्थ्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरेको र आगामी दिनहरुमा समेत यस्तै कार्यक्रमलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गरिने छ भन्दै कार्यक्रमका प्रमुख अतिथि ए.जि. रो. जितेन्द्रनाथ शर्माले बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादव, प्र.अ. अब्दुल हन्नान, स.प्र.अ. रुपा राना, रो. अजय कुमार गुप्ता लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने राम सहानी र आशिसकुमार भुजका परिवारका सदस्यहरु उदय भुज, शिव भुज, नारद सहानी ओम प्रकास सहानीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितलाई स्वागत कार्यक्रम संयोजक रो. पवन पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रो. सुमन पौडेलले गर्नु भएको थियो ।










