लोकप्रिय गायक प्रताप दासको आवाज, सङ्गीतकार श्रीधर अधिकारीको सङ्गीत तथा गीतकार डा बिष्णुमुर्ति भट्टराईको शब्दमा आधुनिक गीत “हिसाब बराबर“ बजारमा आएको छ । अलंकार स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा सङ्गीत समयोजन विशाल निरौलाको रहेको छ ।
सुनिल बिश्वकर्माको निर्देशनमा बनेको गितको छायांकन बिष्णु बेल्बासे र पुरन सुनारको रहेको छ भने सम्पादन सुनिल बिश्वकर्माकै रहेको छ । गीतमा बिजय भुसाल, सागर खनाल र शृष्टी मगरको जीवन्त अभिनय देख्न सकिने छ ।
“हिसाब बराबर“ गीत पेशाले क्रिमसन अस्पतालका सर्जन डाक्टर बिष्णुमुर्ति भट्टराईको आफ्नै YouTube Channel “Dr Bishnu Murti Bhattarai” मार्फत बजारमा आएको हो । सयौं सदाबहार गीत गाई सक्नु भएका लोकप्रिय गायक प्रताप दासको सुमधुर आवाजमा सुन्दर भिडीयो सहितको यस गीत “हिसाब बराबर“ दर्शक स्रोताको मन मस्तिष्कमा बस्ने छ र एउटा सदाबहार गीत बन्ने छ भन्ने कुरामा निर्माण टीम आसावादी देखिन्छ । अझै राम्रा सृजनाहरु श्रोता दर्शक सामु ल्याउन सफल हुनुहोला भन्ने सुभकामना सहित “हिसाब बराबर“ टीमलाई अपार सफलताको शुभकामना ।










