शिशिर–यशुको अभिनयमा ‘निदारीमा’

भैरहवा । नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘हिजो राति (निदारीमा)’ सार्वजनिक भएको छ। चर्चित गायक रामजी खाँड र गायिका रञ्जिता विश्वकर्माको स्वरमा सजिएको उक्त गीत सुजन लम्साल अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
प्रेम, याद र भावनात्मक सम्बन्धको कथालाई समेटेर तयार पारिएको गीतका शब्द तथा संगीत सुजन लम्सालले सिर्जना गरेका हुन्। गीतमा दोलराज बर्घरे मगरको संगीत संयोजन रहेको छ भने रेकर्डिस्ट सुमन राना र खुमन सिंह रानाले रेकर्डिङको जिम्मेवारी सम्हालेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा शिशिर पौडेल र यशु भट्टराईको अभिनय देख्न सकिन्छ। राजकुमार मगरको कथा तथा निर्देशन रहेको भिडियोको छायांकन प्रकाश खड्का एन्ड टिमले गरेका हुन्। सम्पादन तथा कलर संयोजन समेत राजकुमार मगरले नै गरेका छन्।
मार्मिक प्रेमकथामा आधारित ‘निदारीमा’ले प्रेममा आउने सम्झना, पीडा र भावनात्मक उतारचढावलाई प्रस्तुत गरेको छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
लोकदोहोरी संगीतका पारखीहरूका लागि ‘निदारीमा’ यस वर्षको अर्को आकर्षक सांगीतिक कोसेली बन्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका