बेल्बासे वंश समाज भैरहवामा नयाँ कार्यसमिति चयन

भैरहवा । बेल्बासे वंश समाज भैरहवाको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
समाजको अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनयप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा बिमला बेल्बासे चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, बिमला बेल्बासे र खगेन्द्र बेल्बासे निर्वाचित भएकाे निर्वाचन अधिकृत केशव शर्मा बेल्बासेले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासेले बेल्बासे समुदायबीच आपसी एकता, सहयोग र सद्भावलाई अझ सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिइन्। उनले संगठित प्रयासबाट समुदायको सामाजिक, शैक्षिक र आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा बेल्बासे वंश समाज रूपन्देहीका अध्यक्ष मुकुन्दराज बेल्बासेले केन्द्र र जिल्लास्तरमा अपेक्षाअनुसार गतिविधि सञ्चालन हुन नसकिरहेको अवस्थामा भैरहवा शाखाले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै उदाहरणीय भूमिका निर्वाह गरेको बताए। उनले आगामी दिनमा पनि समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।
भैरहवा शाखाका अध्यक्ष घनश्याम बेल्बासेले विभिन्न पेशा, व्यवसाय र स्थानमा छरिएर रहेका बेल्बासे समुदायलाई एउटै साझा मञ्चमा आबद्ध गराई आपसी सम्बन्ध, सहकार्य र एकतालाई मजबुत बनाउने उद्देश्यले समाजले निरन्तर काम गरिरहेको बताए।
कार्यक्रममा विष्णुप्रसाद बेल्बासे, गणेशप्रसाद बेल्बासे, झविन्द्रप्रसाद बेल्बासे लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनले समाजलाई थप सशक्त, संगठित र क्रियाशील बनाउँदै समुदायको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका