क्रिमसन अस्पतालमा पेटबाट निकालियो पाँच किलोको ट्युमर

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढकी ४७ बर्षिया मिना थापाको पाठेघरसँगै जोडिएको ट्युमरको शल्यक्रिया सफल भएको हो ।
गौतमबुद्ध सन्देश

भैरहवा ।
क्रिमसन अस्पताल मणिग्राममा पेटभित्र रहेको पाँच किलोको ट्युमर शल्यक्रियाबाट निकालिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढकी ४७ बर्षिया मिना थापाको पाठेघरसँगै जोडिएको ट्युमरको शल्यक्रिया सफल भएको हो ।

एक बर्षदेखि ट्युमरले सताएर विभिन्न अस्पतालमा भौतिारिइरहेकी मिना दुई साता अघि क्रिमसन अस्पताल आएकी थिईन् । स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.राजीव शाहले मिनाको भर्ना भएलगत्तै शल्यक्रिया गर्नुभएको थियो । दुई घण्टाको शल्यक्रियापछि ट्युमर निकालिएको थियो ।

न्युरो समस्या र प्यारालाईसिसको उपचार गराइरहेकी मिनाको एक बर्षदेखि पेट बढ्न थालेको थियो । परिवारले मोटाउँदै गएको ठाने । पछि अफ्ठेरो हुन थालेपछि विभिन्न ठाउँमा उपचारका लागि पनि पुग्नुभयो । तर क्रिमसनमा आएपछि मात्र व्यथा खुट्टियो ।

शल्यक्रियापछि त्यत्रो ट्युमर देख्दा त हाम्रो पनि सातो पुत्लो गयो – छोरी क्रिस्टी थापा भन्छिन् – डाक्टरले सम्झाउनुभयो, विस्तारै आमा पनि ठीक हुँदै जानुभएको छ । मिनाको शल्यक्रियापछि परिवारमा खुशीयाली छाएको छ ।

ट्युमरका कारण उहाँले निकै दुःख पाउनुभएको थियो – उपचारमा संलग्न डा. राजीव शाह भन्नुहुन्छ – यति ठूलो ट्युमरले निकै सताएको रहेछ, शल्यक्रियाबाट निकालेपछि उहाँलाई निकै राम्रो भएको छ ।

मणिग्राममा रहेको क्रिमसन अस्पतालले स्त्री तथा प्रसुतिमात्र होइन मुटु, न्युरोसर्जरी, हाडजोनी, छाला तथा यौन रोग, बाल रोग, ग्यास्ट्रोलोजीलगायतका विभिन्न रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकहरुबाट उपचार सेवा प्रदान गर्दै आईरहेको छ । अस्पतालमा क्याथ ल्याव, आईसियु, एनआईसियु, सिसियु, डायलासिस, सिटीस्क्यान, अत्याधुनिक सुविधासम्पन्न ल्याब, इको, हल्टर, फिजियो थेरापीलगायतका सेवा उपलब्ध छन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका