वृक्षरोपण तथा डष्टविन वितरण

गौतमबुद्ध सन्देश

भैरहवा ।
लायन्स क्लव अफ सिद्धार्थनगर युथले वृक्षरोपण तथा डष्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । भैरहवास्थित श्री रामजानकी हनुमान मन्दिरमा आयोजित कार्यक्रममा क्लवले विभिन्न प्रकारका वृक्षरोण गर्नुका साथै मन्दिर व्यवस्थापन समितिलाई डष्टविन हस्तान्तरण गरेको थियो । क्लवका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सेकेन्ड भाइस डिष्टिक गर्भनर मिना पन्थीको प्रमुख आतिथ्यता, पाष्ट डिष्टिक गर्भनर नवराज न्यौपानेको विशिष्ट आतीथ्यता तथा एरिया पाचँ चिफ प्रशान्तमणी रामदाम, विराट गुरुङ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कुमार रौनीयार, समाजसेवी मिलन बस्नेत, डिष्टीक चिफ धिरज मल्लिक, अंकित कुमार गुप्ता लगायतको उपस्थित रहेको क्लवका तृतीय उपाध्यक्ष सचिन्द्र तुलाधरले जानकारी दिए । क्लवले आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रकाश अधिकारीले बताए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका