एसईई २०८२ का ग्रेडवृद्धि विद्यार्थीलाई सीबी पब्लिक हाई स्कुलद्वारा सम्मान

भैरहवा, असार १७ । सीबी पब्लिक हाई स्कुलले एसईई २०८२ को ग्रेडवृद्धि परीक्षामा सफल भएका विद्यार्थीहरूको सम्मान, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य उदयकुमार मल्लिकले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीपक क्षेत्री न्यौपानेले विद्यार्थीलाई प्राप्त नतिजालाई आत्मविश्वासका साथ स्वीकार गर्दै आगामी शैक्षिक यात्रामा अझ बढी मेहनत, अनुशासन र लगनशीलताका साथ अघि बढ्न आग्रह गरे। उनले ग्रेड मात्र सफलताको अन्तिम मापन नभई ज्ञान, क्षमता र निरन्तरको मेहनतले जीवनमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए ।
कार्यक्रममा अभिभावक अर्जुन गौतमले विद्यार्थीको सफलतामा अभिभावकको पनि उत्तिकै मेहनत र योगदान रहने उल्लेख गर्दै प्राप्त जीपीएलाई आधार बनाएर भविष्यमा अझ लगनशील र जिम्मेवार बन्न आग्रह गरे । उनले बुवा–आमाको त्याग र संघर्षलाई सधैं सम्मान गर्न विद्यार्थीलाई सुझाव दिए ।
अर्का अभिभावक गौतम यादवले विद्यार्थी, शिक्षक र अभिभावकहरुको निरन्तरको मेहनत, अनुशासन र आत्मविश्वासका कारण राम्रो नतिजा सम्भव भएको बताए । उनले अन्य विद्यार्थीलाई पनि निरन्तर प्रयास गर्न प्रेरित गरे ।
कार्यक्रममा ग्रेडवृद्धिबाट सफल भएका विद्यार्थीमध्ये सात जनाको जीपीए वृद्धि भएको जानकारी दिइयो । विद्यालयका शिक्षक केशव भण्डारीले विद्यार्थीलाई प्राप्त जीपीएप्रति सन्तुष्ट रहँदै त्यसलाई भविष्यको सफलताको आधार बनाउन आग्रह गरे। उनले जीपीएभन्दा पनि असल चरित्र, सीप, क्षमता र कर्मले देश तथा समाजमा परिचित हुन सकिने धारणा व्यक्त गरे ।
ग्रेडवृद्धिबाट आफ्नो नतिजा सुधार गर्न सफल भएकी विद्यार्थी बन्दना गौतमले जीपीए बढेकामा खुसी व्यक्त गर्दै शिक्षक, विद्यालय र अभिभावकप्रति आभार व्यक्त गरिन् । उनले निरन्तर प्रयास र मेहनतले अपेक्षित सफलता हासिल गर्न सकिने अनुभव सुनाइन् ।
कार्यक्रममा ग्रेडवृद्धि परीक्षामा सफल विद्यार्थीलाई सम्मान गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। विद्यालयले विद्यार्थीलाई आगामी अध्ययन तथा जीवनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका