भैरहवामा तेक्वान्दो जुनियर ग्रेडिङ परीक्षा सम्पन्न

भैरहवा । रुपन्देहीको भैरहवामा तेक्वान्दो खेलाडीहरूको जुनियर ग्रेडिङ परीक्षा सम्पन्न भएको छ। भैरहवा तेक्वान्दो क्लब, लिलाराम न्यौपाने तेक्वान्दो डोजाङ, पक्लिहवा तेक्वान्दो डोजाङ र भैरव शिष्य तेक्वान्दोको संयुक्त आयोजनामा ग्रेडिङ परीक्षा सञ्चालन गरिएको हो।

परीक्षामा सेतो पेटीदेखि रातो पेटीसम्मका विभिन्न तहका गरी २२० जना खेलाडी सहभागी भएका थिए। सहभागी खेलाडीहरूको उनीहरूको तहअनुसार तेक्वान्दोसम्बन्धी प्राविधिक दक्षता, शारीरिक क्षमता तथा खेलकौशलको मूल्याङ्कन गरिएको भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दिपक न्यौपानेले जानकारी दिनुभयो ।

ग्रेडिङ परीक्षामा प्रशिक्षक प्रकाशमान राजभण्डारीले परीक्षकका रूपमा परीक्षा लिनुभएको थियो । खेलाडीहरूले निर्धारित पाठ्यक्रमअनुसारका विभिन्न प्राविधिक अभ्यास प्रदर्शन गरेका थिए ।

तेक्वान्दोमा खेलाडीको दक्षता र प्रगतिको मूल्याङ्कनका लागि नियमित रूपमा ग्रेडिङ परीक्षा सञ्चालन गर्ने गरिन्छ। यसबाट खेलाडीले आफ्नो हालको तहअनुसारको क्षमता परीक्षण गर्नुका साथै आगामी तहमा प्रवेशका लागि आवश्यक तयारी गर्ने अवसर पाउने गर्छन् ।

आयोजक संस्थाका अनुसार बालबालिका तथा युवालाई तेक्वान्दो खेलतर्फ आकर्षित गराउँदै नियमित प्रशिक्षणमार्फत खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। संयुक्त रूपमा ग्रेडिङ परीक्षा सञ्चालन गर्दा विभिन्न डोजानमा प्रशिक्षणरत खेलाडीलाई एउटै मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरसमेत प्राप्त भएको जनाइएको छ।

आयोजकले तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र अनुशासनमा जोड दिँदै आगामी दिनमा पनि प्रशिक्षण तथा ग्रेडिङलगायतका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका