काँग्रेस रूपन्देही–३ (क) को सभापतिमा महेन्द्र श्रेष्ठ, श्रेष्ठको प्यानलै निर्वाचित

भैरहवा, १३ असोज । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क)को सभापतिमा महेन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्र नम्बर ३ (क) को अधिवेशन (निर्वाचन)मा प्रतिष्पर्धी लेखनाथ भट्टराईलाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएको हो । श्रेष्ठको प्यानलै निर्वाचित भएको छ ।

श्रेष्ठ २७७ मत पाउनुभएको भने भट्टराईले १४४ मत पाउनुभयो । श्रेष्ठ र भट्टराईले प्यानलै बनाएर निर्वाचनमा होमिनुभएको थियो ।

त्यस्तै सचिवमा हुमलाल पौडेल २५३ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी दीपक श्रेष्ठले १६२ मत पाउनुभयो ।
निर्वाचन समितिका अनुसार सह–सचिव (महिला) मा विनिता श्रेष्ठले २७६ मतसहित विजयी हुँदा उहाँको प्रतिष्पर्धी अर्पिता विश्वकर्माले १३२ मत पाउनुभयो । स–हसचिव (खुल्ला) मा गोकुल यादव २५५ मत ल्याइ निर्वाचित हुँदा प्रतिष्पर्धी डिल्लीराज अधिकारीले १४८ मत पाउनुभयो ।

त्यस्तै सदस्यहरुमा अर्जुन कार्की, अनन्तराज पाण्डे, अरुणबहादुर घर्ती, कन्हैयालाल गुप्ता बनियाँ, कृष्णबहादुर खनाल, ठाकुर अधिकारी, रामकिशन विश्वकर्मा र संजीव गुरुङ निर्वाचित हुनुभएको छ ।

त्यसै गरी सदस्यमा विष्णु कहाँर र जितेन्द्र यादव पनि निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार अन्य सदस्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका