लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. माणिकरत्न शाक्य नियुक्त

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको अवस्थामा दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उनलाई जिम्मेवारी दिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३ जेठ ३० गतेको निर्णय बमोजिम डा. शाक्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ। विश्वविद्यालयको नियमित कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न उक्त निर्णय गरिएको जनाइएको छ।
सरकारले अध्यादेश ल्याएपछि उपकुलपति पद रिक्त भएको थियो ।
डा. शाक्य लामो समयदेखि बौद्ध अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी विश्वविद्यालयका विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संलग्न रहँदै आएका थिए। यसअघि पनि विश्वविद्यालयका विभिन्न कार्यक्रममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयका रूपमा परिचित रहेको छ। विश्वविद्यालयमा बौद्ध दर्शन, संस्कृति, भाषा तथा अनुसन्धानसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका