पर्यटन विकास परिषद्को कार्यालय रूपन्देहीमै राख्न पर्यटन व्यवसायीहरूको माग

बुधबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरूले पर्यटन विकास परिषद्को कार्यालयलाई रूपन्देहीबाट हटाउने निर्णयले प्रदेशको पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पर्ने बताएका हुन् ।

भैरहवा, वैशाख ३१ । रुपन्देहीका पर्यटन तथा होटल व्यवसायी संघ–संस्थाहरूले पर्यटन विकास परिषद्को कार्यालय दाङको देउखुरीमा सार्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यालय रूपन्देहीमै कायम राख्न माग गरेका छन् ।
बुधबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरूले पर्यटन विकास परिषद्को कार्यालयलाई रूपन्देहीबाट हटाउने निर्णयले प्रदेशको पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पर्ने बताएका हुन् ।
ज्ञापनपत्रमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्रदेशको पर्यटन गतिविधि थप सक्रिय बन्ने अपेक्षा गरिएको जनाइएको छ । साथै भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्ला औद्योगिक, व्यापारिक तथा पर्यटन दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र भएको पनि उल्लेख गरिएको छ ।
पर्यटन व्यवसायीहरूले लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र विकासमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको पर्यटन विकास परिषद्को भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल सरकारले २०८५ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको, लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय होटल शृंखलाहरू थपिँदै गएको तथा प्रदेशको पर्यटन क्षेत्रमा लगानी बढिरहेको सन्दर्भमा परिषद्को कार्यालय रूपन्देहीबाट हटाउनु उपयुक्त नहुने उनीहरूको धारणा छ ।
ज्ञापनपत्रमा परिषद्को कार्यालयको मासिक भाडा तिर्नु नपर्ने गरी कुनै आर्थीक व्यवभारको चाप बहन गर्न समेत नपरेको अवस्थामा न्यायोचित कारण बिना नै प्रमुख पर्यटहकीय गन्तब्यस्थल रुपन्देहीबाट हठात् रुपमा सार्ने निर्णयले सम्पूर्ण पर्यटन व्यवसायीहरूलाई दुःखी बनाएको जनाइएको छ ।
व्यवसायीहरूले प्रदेश सरकारको निर्णयलाई हाललाई स्थगित गरि यथास्थानबाटै नियमित संचालन गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् । ज्ञापनपत्रमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा, सिद्धार्थनगर होटल संघ रुपन्देही (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, होटल व्यवसायी महासंघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, सोट्टो नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमय, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष माधब खनाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका महासचिव बालबहादुर घिमिरे, लुम्बिनी होटल संघ नेपालका सचिव एकराज कंडेललगायतका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका