भैरहवा ।
जेसीआई सिद्धार्थ लेडीले भैरहवाको सिद्धार्थ आधारभूत विद्यालय, सिद्धार्थनगर–१२ मा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेको छ।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा विद्यालयमा अध्ययनरत जेहेन्दार ५० जना विद्यार्थीहरुलाई झोला वितरण गरेको अध्यक्ष अम्बिका घिमिरेले बताइन् । उनले सामाजिक उत्तरदायित्व अन्तर्रगत विद्यार्थीहरूलाई अध्ययनमा सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइन् ।
श्री सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद बस्यालले जेसीआई सिद्धार्थ लेडीले विद्यालयलाई रोजेर कार्यक्रम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि विद्यालयले सहयोगको अपेक्षा राखेको बताए।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक ममता प्रधान, शिक्षक, क्लवका सदस्यहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक विद्या शर्माले जानकारी दिइन्।









