गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैन- हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कार्यको विरोध गरेका छन्।

सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुगेका अध्यक्ष साम्पाङले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन्।

उनले सुकुम्बासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गाँस, बास र कपासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे।

उनले भने, ‘सुकुम्बासीलाई विस्थापित गर्नु हुँदैन। उहाँहरू पनि नेपाली नागरिक हुनुहुन्छ। यो देश गरिबको पनि हो। गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन। गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।–न्युज एजेन्सी नेपाल

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका