अग्नी नियन्त्रण उपकरण हस्तान्तरण

भैरहवा  । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले लुम्बिनी प्रेस क्लब, रुपन्देहीलाई अग्नी नियन्त्रण उपकरण (फायर एक्स्टीङ्गगुईसर) हस्तान्तरण गरेको छ । आइतबार भैरहवास्थित क्लबको कार्यालयमा वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले क्लबका अध्यक्ष कमल रायमाझीसहित क्लबका पदाधिकारी र सदस्यलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता र विपद् व्यवस्थापन समितिको संयोजक समेत रहनुभएका यादवले विपद्को पूर्वतयारीले धनजनको क्षतिबाट बच्न सकिने बताउनुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सिद्धार्थनगर वडा नम्बर ४ कार्यालयले क्लबसँग सहकार्यमा कार्यक्रमहरु अघि बढाएको बताउनुभयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका