संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सरकारले सिफारिस गरेका अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारको लागी आइतबार फिर्ता पठाएका थिए । राष्ट्रपति पौडेलले फिर्ता पठाएको अध्यादेशलाई पुन: सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले भारतसँग जीटुजी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय पनि गरेको छ । मल खरिदका लागी कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

बैठकले औद्योगिक क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरमार्फत प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमतामा वृद्धि गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

साथै सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गरिएको उनले जानकारी दिए । गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतका विषय समावेश गरिएको छ । उनले नेपालको भूमीमा छिमेकी देशले गरेका गतिविधिप्रति दुवै देशलाई कुटनीतिक नोट पठाएर विरोध गरेको पनि जानकारी दिए । उनले सीमा क्षेत्रमा देखिएका विवादलाई संवादमार्फत हल गरिने जानकारी दिए ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका