भैरहवा ।
कुनै राजनीतिक दलमा सक्रिय नहुँदा र पर्यटन क्षेत्रको प्रबद्र्धनमा मात्र लागिरहँदा पनि आफ्नो होटलमा लुटपाट तथा तोडफोड भएकोमा होटल मौर्य प्रा।लि।का संचालक रामबहादुर कोइरीले दुःख प्रकट गर्नुभएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्र्द उहाँले सुशासन र परिवर्तनको मागसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेन जी समुहमाथि भएको गोली प्रहार र त्यसयता उत्पन्न अवस्थाको बीचमा भदौ २४ गते मौर्य होटलमा तोडफोड र लुटपाट भएको भन्दै उहाँले विभिन्न पेशा, ब्यवसायमा संलग्न रहँदै करिब एक दशकदेखि पर्यटन व्यवसायमा आबद्ध रहेको जनाउनु भएको छ । पछिल्ला केहि बर्षयता सुशासन, समृद्धि, विकास र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहँदै राजनीतिक गतिविधिमा निष्कृय रहेको जानकारी गराउँदै होटल ब्यवसायी कोइरीले राम्रो काम गर्ने, विकास र समृद्धि चाहाने, उद्योग व्यवसायको प्रबद्र्धनमा कटिबद्ध रहने हरेक पार्टी र नेताप्रति आफुले समर्थन गर्दै आएको उल्लेख गर्नुभएको छ ।
अहिलेको युवा पुस्तामा देखिएको राजनीतिक दलप्रतिको असन्तुष्टिमा आफ्नो सहमति रहेको तर आफु हत्या, हिंसा, लुटपाटको बिरोधी तथा शान्ति, सुशासन र समृद्धिको पक्षधर रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ–‘पर्यटन व्यवसायको प्रबद्र्धनका साथै रोजगारीका अवसर सिर्जना गर्नबाहेक मैले अहिले केहि पनि सोंचेको छैन ।’
आफ्नो व्यवसायिक प्रतिष्ठान होटल मौर्य प्रा।लि।मा जेन जी प्रदर्शनकारीको नाममा अराजक समुहद्धारा गरिएको लुटपाट र तोडफोडले दुःखी तुल्याएको तथा यस्ता क्रियाकलापले देशभित्रै केहि गर्छु भन्ने भावना राख्नेहरुलाई निराश बनाउने उहाँले बताउनु भएको छ । यद्यपि बिषम परिस्थितिको फाइदा उठाउँदै अराजक समूहले गरेको लुटपाट र तोडफोडको पीडालाई भुलेर पर्यटन व्यवसायको प्रबद्र्धनमा अझै बढी सक्रिय रहने प्रण गर्दछु – उहाँले भन्नुभएको छ ।
सुशासन र समृद्धि माग्ने जेन जी आन्दोलनका क्रममा भदौ २३ र २४ का दिन दिवंगत हुनुभएका युवाहरु, सुरक्षाकर्मी तथा सर्वसाधारण सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कोइरीले आन्दोलनका क्रममा भएका घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
आन्दोलनका क्रममा गरिएका उद्योग, व्यवसाय र निजी भवनहरुमा गरिएको तोडफोट, आगजनी र लुटपाटका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्वाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गर्दछु – कोइरीले वक्तब्यमा भन्नुभएको छ ।
मौर्य होटल प्रा.लि.मा तोडफोड र लुटपाट, संचालक कोइरीद्धारा छानबिन गरी दोषीलाई कार्वाही गर्न माग

गौतमबुद्ध सन्देश








