धकधई प्रहरीलाई मोटरसाइकल सहयोग

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका–४ मा रहेको दुईपाङ्ग्रे स्कुटर तथा मोटरसाइकल एसेम्विलीङ गर्ने उद्योग हिमाल मोटो नेपाल प्रा.लि. र स्याकार ट्रेनिङ कम्पनी प्रा.लि. ले इलाका प्रहरी कार्यालय धकधईलाई मोटरसाइकल सहयोग गरेका छन् ।

शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याउने उद्देश्यले तीन लाख तीन हजार नौ सय रुपैयाँ मूल्य बराबरको एक थान मोटरसाइकल बिहीबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा होण्डा मोटर कम्पनी लिमिटेड एसिया तथा ओसिनिया क्षेत्रका उपाध्यक्ष तोसियो कुवाहारा तथा हिमाल मोटो नेपाल प्रा.लि.का सञ्चालक सौरभ ज्योतीले इलाका प्रहरी कार्यालय धकधईका प्रमुख रामभक्त भट्टराईलाई मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा होण्डा मोटर जापानका बिक्री प्रबन्धक योशिकी कामियो र कोजिरी कामिया, स्याकार समूहका सञ्चालक सोहिद ज्योती, महाप्रबन्धक सोइनबहादुर श्रेष्ठ, सर्भिस म्यानेजर सिताराम न्यौपाने, पार्टस म्यानेजर प्रलाद गौतम, इम्पोर्ट हेड बन्दन कार्की, प्रवीण पौडेल, टंकबहादुर दर्लामी, प्लान्ट हेड सरोज पाण्डे तथा इलाका ट्राफिक प्रहरी कार्यालयका सहायक निरीक्षक रेसम रिजालको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक सौरभ ज्योतीले उपभोक्तालाई उत्कृष्ट इन्धन बचत, आकर्षक बनावट र गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी देशको समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य रहेको उनले उल्लेख गरे । टंकबहादुर दर्लामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका