भैरहवा । यस क्षेत्रकै अत्यन्त सक्रिय क्लब रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा क्लबको प्रस्तावित हेप्पी स्कुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। क्लबको ६२०औं नियमित बैठकको अवसरमा क्लवका अध्यक्ष रोटरियन कृष्ण गौतमको अध्यक्षता तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधान अध्यापक को विशिष्ट आतिथ्यता मा भएको सो कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु, बिभिन्न पदमा आसिन सदस्यहरू , विद्यालयका शिक्षकहरुको सहित बिद्यार्थी भाइ बहिनीहरुको उपस्थिति रहेको थियो।
करीब पचास हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको सो कार्यक्रमको सौजन्य क्लबका कोषाध्यक्ष रोटरियन ओमप्रकाश श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा गर्नुभएको थियो। रोटरीको सो कार्यक्रम सहयोगका लागि मात्र नभएर बिद्यार्थीहरुलाई थप उत्साह बढाउन पुरस्कार स्वरुप प्रदान गरिएको भन्ने जानकारी गराउदै क्लबका सह-सचिव रोटरीयन पुरुषोत्तम गैरेको संचालनमा भएको सो महत्वपूर्ण कार्यक्रममा मेजर डोनर रोटरियन राजकुमार पाण्डेले क्लवको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो भने बिद्यालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्षले शुभकामना मन्तव्यका क्रममा रोटरी क्लब अफ रुपन्देहीको बिद्यालयलाई अनवरत रूपमा सहयोग हुदै आएको बारेमा जानकारी गराउनु भएको थियो। बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई समाग्री प्रदान गरिएको सो कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई कार्यक्रम स्थलमा नै शैक्षिक सामग्री वितरण गरिएको थियो भने अनुपस्थित अन्य बिद्यार्थीहरुलाई बिद्यालयबाट प्रदान गर्ने गरि समाग्री हस्तान्तरण गरि सो कार्यक्रममा आफ्नो महत्वपूर्ण मन्तव्यका साथ कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष रोटरियन कृष्ण गौतमद्वारा गरिएको थियो।
रोटरी क्लब अफ रुपन्देहीको शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

गौतमबुद्ध सन्देश




