भैरहवा । जेनजी सिद्धार्थनगरको नगर कार्यसमिति गठन गरिएको छ । कार्तिक १५ गते होटल प्रीमियर प्यालेस भैरहवामा सम्पन्न भेलाले उक्त कार्यसमिति गठन गरेको हो ।
समाजसेवी विजय सागर श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला सह–संयोजक विवेक पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नारायण प्रसाद भण्डारी, ओम पौडेल, सुमन न्यौपाने, रामचन्द्र रेग्मी र लक्ष्मी अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव सुरज पोख्रेलले गर्नुभएको थियो ।
भेलाले १३ सदस्यीय नगर कार्यसमिति तथा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसको संयोजकमा आयुष तिमील्सीना, सह–संयोजकमा नवराज भण्डारी र सुवेक्षा न्यौपाने, सचिवमा सविता पन्थी, कोषाध्यक्षमा युनिसा भण्डारी,सह–सचिवमा गौरव अग्रहरी, सह–कोषाध्यक्षमा विधान विश्वकर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरूमा सिमोन गुरुङ, अभिषेक श्रीवास्तव, अधिकारी, अन्जली न्यौपाने, सुलोचना अर्याल, शिवनाथ कुँवर रहनुभएको छ ।
भेलाले सल्लाहकार समिति समति समेत गठन गरेको छ । जसमा विजय सागर श्रेष्ठ, नारायणप्रसाद भण्डारी, ओम पौडेल, रामचन्द्र रेग्मी, सुमन न्यौपाने, लक्ष्मी अधिकारी र वि.एन. गुप्ता रहनुभएको छ । केही सदस्य तथा थप सल्लाहकारहरू पछि मनोनयन गर्ने निर्णय भएको सल्लाहकार नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
जेनजी सिद्धार्थनगर नगरकार्यसमिति गठन

गौतमबुद्ध सन्देश








