भैरहवा । जेसीआई सिद्धार्थ लेडिले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सोमबार स्थापना दिवसको अवसरमा भैरहवाको बसडिलवा स्थित शिवालय मन्दिरमा प्रसाद वितरण गरेर कार्यक्रमको उद्घाटन गरेको अध्यक्ष अम्बिका घिमिरेले जानकारी दिइन् ।
सोमवार स्थापना दिवसको अवसरमा २०८१ सालको एसईई परिक्षामा उत्तीर्ण जेसिज सदस्यहरुको ६ जना छोराछोरीहरुलाई सम्मान गरेको छ । त्यस्तै दिर्घकालिन लक्ष्य अन्र्तगत भैरहवा नमुना मा.वि.मा कक्षा ११ मा अध्ययनरत सनम सुनारलाई कक्षा ११ मा पढ्न लाग्ने खर्च वराबरको रकम प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तीयाक अहमद खाँले उनीहरुलाई सम्मान तथा छात्रवृती रकम हस्तान्तरण गरेका थिए ।
जेसीज सप्ताह अन्र्तगत १३ गते साई ग्लोवल मा.वि.मा मानव बेचविखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया, १४ गते मेन्टर मेन्टी कार्यक्रम, १५ गते बृक्षारोपण कार्यक्रम, १६ गते रक्तदान कार्यक्रम र बहिरा माध्यमिक विद्यालयमा खिर खुवाउने एवं मेहेन्दी कार्यक्रम, १७ गते पिस नाइट पार्टि प्यालेसमा बहुशाखा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी कार्यक्रमको समापन कार्यक्रम गरिने सप्ताह निर्देशक सिता भण्डारीले जानकारी दिइन् ।









