रोटरी क्लब अफ रुपन्देहीको १४ औँ पदस्थापन

गौतमबुद्ध सन्देश

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको १४ औँ पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रवार एक समारोह बिच क्लबको चौधौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेका हुन् ।
पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल –भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्य तथा क्लबका वर्तमान अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।पदस्थापन समारोहमा वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २५र२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्यम्मर हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई रोटरीको कल्लर लगाइदिएका थिए । कल्लर ग्रहण पश्चात् क्लबका अध्यक्ष गौतमले क्लबको  नियमित ६१७ओ बैठक आह्वान गर्दै सञ्चालन गरेका थिए ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरूलाई सुझाव दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथि तथा  क्लबका एसाइन असिस्टेन्ट गर्भनर दिनेश सुवेदी तथा क्लबका संस्थापक  अध्यक्ष राजेन्द्र सुबेदीले शुभकामना ले शुभकामना व्यक्त गर्दै क्लबको विगतका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै थप सृजनशील भएर लाग्न आग्रह गरे ।
पदस्थापन समारोहमा पत्रकार डि.बी. सुस्लिङलाई क्लबले प्रदान गर्दै आएको  रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको थियो । क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्व. हजुरबुबा र हजुरआमाको स्मृतिमा क्लबले प्रदान गर्ने गरी स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । उक्त पुरस्कार यस अघि  क्लबले पत्रकार भगवती पाण्डेयलाई प्रदान गरिएकाे थियो  ।

सो अवसरमा पुरस्कारका संस्थापक क्लबका पूर्व अध्यक्ष गौतम भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एक जना पत्रकारलाई हरेक  वर्ष  र. १११११ रूपैया नगद  तथा प्रमाण पत्र सहित सम्मान गरिँदै आएको बताए । पुरस्कार रकमलाई समेत क्रमशः वृद्धि गरिने उनले उल्लेख गरे ।2क्लबका  प्रेसिडेन्ट नाेमिनि  तथा कार्यक्रम संयाेजक विक्रम रिजालकाे स्वागत मनतब्य  तथा क्लबका पूर्व अध्यक्ष देवानन्द पान्डेकाे धन्यवाद ज्ञापन रहेको समारोहको सञ्चालन  वर्ष २०२५/२६ का सचिव ओम बहादुर खत्रीले गरेका थिए ।

क्लब तिलाेत्मा क्षेत्रलाई मध्यनजर गरी यसै क्षेत्रका विभिन्न पेसा व्यवसायमा संलग्नहरूको सक्रियतामा सन २०११मा मणिग्राममा स्थापना गरिएको हो । हाल क्लबमा ६८ जना सदस्यहरू रहेका छन्।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका