रोटरी क्लब अफ रुपन्देहीकाे पहिलाे बैठकमा ‘आध्यात्मिक चेतना’

गौतमबुद्ध सन्देश

बुटवल । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२अर्न्तगत यस क्षेत्रकै अत्यन्त सक्रिय क्लब रोटरी क्लब अफ रुपन्देहीको ६१४औँ तथा यस वर्षको पहिलो नियमित बैठक शनिबार क्लबको मिटिङ भेनु ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणिग्राममा फरक ढङ्गले सम्पन्न भएको छ।

क्लबका  पूर्व अध्यक्ष  तथा  यस वर्षका जाेइन्ट सर्जेन्ट एट आर्मस् रोटरियन गोपाल प्रसाद न्यौपानेको सुरुवाती अनुरोध सँगै विश्व शान्ति का लागि १५ सेकेन्ड मौन प्रार्थना , राष्ट्रिय गान र रोटरी गान सहित  सुरुवात गरिएको बैठकमा  प्रमुख अतिथि सहस्र वदन दास प्रभुज्यू बाट अत्यन्त महत्त्वपूर्ण वाचन सहित कीर्तन प्रस्तुत गरिएको थियो।

प्रमुख अतिथि  सहस्र वदन दास प्रभुज्यू ले सेवा नै धर्म हो त्यस मानेमा रोटरी अब्बल दर्जाको संस्था भएको र रोटरी कै कारण सन्सार बाट पोलियो उन्मुलन भएको कुरालाई मनन गराउदैं सबै माझ भक्ति मार्गको बारेमा जानकारी गराएका थिए। भक्ति मार्गले छोड्न होइन जोड्न सिकाउने हुँदा सान्सारिक जीवन र व्यापार व्यवसाय सञ्चालनका लागि यसले अझै ऊर्जा प्रदान गर्दछ भन्ने प्रभुको महान् विचारले उपस्थित सम्पूर्णलाई मनमै छोएको भाव कार्यक्रममा  झल्किन्थ्यो।

पहिलो बैठकमा  डिस्ट्रिक्टका विभिन्न कमिटीमा मनोनीत  भएका क्लबका रोटरियन सदस्यहरूलाई सम्मान समेत गरिएको  थियो ।  कार्यक्रममा क्लवका पूर्व अध्यक्ष हरिप्रसाद न्याैपानेले स्वागत मन्तव्य राखेका थिए भने पुर्व  अध्यक्ष डबल एम. पि.एच.एफ रोटरियन देवानन्द पाण्डेले धन्यवाद  व्यक्त गरेका थिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

सर्वाधिक पढिएका