लुम्बिनी ट्रक यातायात व्यवसायी संघको कार्यालयमा चोरी

गौतमबुद्ध सन्देश

भैरहवा, १७ कार्तिक ।  लुम्बिनी ट्रक यातायात व्यवसायी संघको कार्यालयमा चोरी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा रहेको कार्यालयमा आइतबार राती चोरी भएको हो । रातीको समयमा कार्यालयको झ्यालको ग्रील फोडेर चोरी गरिएको हो ।

चोरी गर्ने समूहले कार्यालयभित्र रहेको सातवटा टेबल र दुईवटा दराज तोडफोड गरी नगद ५९ हजार ५ सय रुपैयाँ चोरी गरेको संघका महासचिव बालकिसुन गुप्ता बानियाँले जानकारी दिनुभयो ।

घटना सोमबार बिहान कर्मचारी कार्यालय पुगेपछि चोरी भएको थाहा भएको थियो । क्षति पुगेका फर्निचर तथा अंशवस्तुहरुको विवरण संकलन भइरहेको र थप केही सामान हराएको आशंका पनि रहेको संघले जनाएको छ ।

चोरी सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका