आर्थिक विकाससँग लोकतन्त्र जोड्ने बहसमा भैरहवा

भैरहवा । आर्थिक विकास र लोकतान्त्रिक अभ्यासबीचको सम्बन्ध तथा समावेशी र दिगो विकासका लागि आवश्यक नीतिगत पक्षबारे छलफल गर्न भैरहवामा ‘आर्थिक विकासमार्फत लोकतन्त्रको सुदृढीकरण’ विषयक विशेष संवाद कार्यक्रम सुरु भएको छ।

फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) नेपालद्धारा आयोजित कार्यक्रममा आर्थिक विकास, वित्तीय सङ्घीयता, सामाजिक न्याय तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा लोकतन्त्र र आर्थिक विकासलगायतका विषयमा छलफल भइरहेको छ।

कार्यक्रमको शुभारम्भ गर्दै एफइएस नेपालकी आवासीय प्रतिनिधि सारा क्लाउस्नरले स्वागत मन्तव्य व्यक्त गरिन्। एफइएस नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक चन्द्रदेव भट्टले कार्यक्रमको सन्दर्भ, उद्देश्य तथा औचित्यमाथि प्रकाश पारे।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत युडो भोल्चले मुख्य वक्ताका रूपमा कठिन परिस्थितिमा लोकतन्त्रका स्तम्भहरूलाई सुदृढ बनाउने विषयमा जर्मनीको अनुभव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

दिनभर सञ्चालन हुने संवादमा तीनवटा छलफल सत्र राखिएका छन्। पहिलो सत्रमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. बिनय मिश्रले ‘वित्तीय सङ्घीयतामार्फत लोकतन्त्रको सुदृढीकरण’ विषयमा प्रस्तुति दिनेछन्।

दोस्रो सत्रमा नेपाल टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत आरती चटौतले नेपालमा सामाजिक न्यायको आधार सुदृढ गर्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्नेछिन्। तेस्रो सत्रमा पृथ्वीनारायण क्याम्पसका डा. कपिल अधिकारीले ‘एआईको युगमा लोकतन्त्र र आर्थिक विकासको बहस’ विषयमा अवधारणा प्रस्तुत गर्नेछन्।

प्रत्येक सत्रपछि सहभागीबीच खुला छलफल तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ। आर्थिक नीति निर्माण र लोकतान्त्रिक प्रक्रियालाई थप समावेशी तथा दिगो बनाउन नीतिगत तहमा प्राथमिकता दिनुपर्ने विषय पहिचान गर्न संवाद उपयोगी हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका