असोज २४ र २५ गते भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’

भैरहवा, २० असोज । यही असोज २४ र २५ गते रुपन्देहीको भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव (स्ट्रीट फूड फेस्ट)–२०८३ हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा भैरहवास्थित सिद्धार्थ बसपार्कदेखि देवकोटाचोकसम्म महोत्सव सञ्चालन हुनेछ ।

सिद्धार्थनगरलाई पर्यटक बस्ने, खाने, घुम्ने र खर्च गर्न गन्तव्यका रुपमा विकासका गर्न विश्व पर्यटन दिवस तथा दशैं तिहारको अवसरमा महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । साँझ ५ देखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सवमा १ सय वटा स्टल रहने उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष रोक्काका अनुसार समग्र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने, बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकलाई भैरहवामा आकर्षित गरी बसाइ अवधि र स्थानीय खर्च बढाउने, लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन सेवा, खाना र आतिथ्यको प्रवेशद्वारका रुपमा प्रवद्र्धन गर्ने, स्थानीय मौलिक खाना, जातीय परिकार, कला, संस्कृति र परम्पराको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव (कार्यक्रम) को आयोजना गरिएको हो ।

त्यस्तै होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसायलाई पुनरुत्थान र चलायमान बनाउन बजार सिर्जना गर्ने, स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने, सिद्धार्थनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको नियमित ‘फूड एण्ड कल्चर’ को आधार तयार गर्ने, सडक खाना तथा स्थानीय परिकारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय रुपमा प्रस्तुत गर्ने संस्कारको विकास गर्ने महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

महोत्सवमा चर्चित कलाकार (गायक) दुर्गेश थापा, टिकटक स्टार तथा गायक प्रिती पासवानसँगै स्थानीय कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक तथा चेम्बर अफ कमर्श, रुपन्देहीका सल्लाहकार विनोद खरेलले बताउनुभयो ।
प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई निम्तो दिइएको उहाँले बताउनुभयो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडगराज पौडेल (गनेश) पनि आउनुहुने उहाँले जानकारी दिनुभयो ।

चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले सिद्धार्थनगरको बजार चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन सेवा खाना र आतिथ्यको प्रवेशद्वारको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले आर्थिक नगरको रुपमा परिचित सिद्धार्थनगर भारतसँगको सामिप्यमा रहेकाले सीमावर्ती भारतीय नागरिकलाई आकर्षित गर्नुपर्ने सुझाव दिनुभयो ।

महोत्सवको प्रमुख प्रायोजकमा ग्राण्डी इन्टरनेशनल हस्पिटल, ग्राण्डी डेप्लोपर्स प्रा.लि., प्रायोजकमा ट्रष्ट माइक्रो इन्स्योरेन्स प्रा.लि., संरक्षकमा सिद्धार्थनगर नगरपालिका, सह–आयोजकमा मायादेवी, रोहिणी र ओमसतिया गाउँपालिका, मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, काठमाडौं, प्रवद्र्धकमा वन, वातावरण तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेश र कार्यक्रम व्यवस्थापकमा नेपाल इभेन्ट म्याजेमेन्ट कम्पनी प्रा.लि.रहेको आयोजक संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका