भैरहवामा ‘हाम्रो लन्च बक्स’को शुभारम्भ

भैरहवा । खाजा तथा दिवा खाना उपलब्ध गराउने उदेश्यले भैरहवामा हाम्रो लन्च बक्सको शुभारम्भ गरिएको छ । सिद्धार्थनगर नगरपालिका–८, बैंक कलोनीमा मुख्य कार्यालय रहेको व्यवसायीक प्रतिष्ठानले विद्यार्थी, कर्मचारी, व्यवसायी तथा परिवारका सदस्यलाई लक्षित गरी नियमित टिफिन तथा लन्च सेवा उपलब्ध गराउने जनाएको छ । फोन तथा अनलाइन मार्फत ग्राहकहरुले सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ । निःशुल्क होम डेलिभरीको व्यवस्था समेत गरिएको संस्थाका सल्लाहकार पंकज यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार खाजामा दैनिक रुपमा फरकफरक परिकार बन्ने छ । जसको प्रतिबक्स रु. ६० पर्नेछ भने खानामा भेज, चिकन र मटन खाना उपलब्ध हुनेछ । जसको शुल्क क्रमशः रु. १८०, रु. २८० र रु. ३८० रहेको छ । बजारमा पाइने तयारी खानाभन्दा घरमा तयार गरिनेजस्तै स्वच्छ, स्वस्थ, पौष्टिक र सन्तुलित भोजन उपलब्ध गराउने प्रयास गरिएको यादवले बताउनुभयो ।
यादवका अनुसार भान्सामा काम गर्ने सबै महिला हुनुहुन्छ । महिलामा रहेको खाना पकाउने सीपलाई व्यवसायिक अवसरका रूपमा विकास गर्दै आगामी दिनमा थप महिलालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने योजना रहेको उहाँको भनाई छ । यसबाट स्थानीयस्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको उहाँले बताउँनुभयो ।
‘हाम्रो लन्च बक्स’मा प्रमोद कुमार यादव, अमित कुमार कर्ण, आनन्द कर्ण र राजु पाण्डे साझेदार हुनुहुन्छ भने पङ्कज यादव प्रमुख सल्लाहकार को रुपमा रहेको संचालक आनन्द कर्णले जानकारी दिनुभयो ।
संचालक आनन्द कर्णका अनुसार भैरहवामा बढ्दो व्यावसायिक गतिविधि र कार्यव्यस्ताताका कारण खाना तथा नास्ता समयमा खान नसक्नेहरुका लागी घरको स्वाद, सरसफाइ र समयमै सेवा उपलब्ध गराउने अवधारणासहित ‘हाम्रो लन्च बक्स’ले सेवा शुभारम्भ हो । आगामी दिनमा थप सेवा सुवा सुविधा उपलब्ध गराउँदै जाने संचालक कर्णले बताउनुभयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका