बाँदर आतंकको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर : सांसद भुसाल

असार-१८, अर्घाखाँची । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरी प्रसाद भुसालले जिल्लामा बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताउनुभएको छ ।
जिल्लावासीका नाममा फेसबुक मार्फत प्रतिबद्धतामूलक सन्देश जारी गर्दै सांसद भुसालले बाँदरका कारण किसानको वर्षभरिको मेहनत केही घण्टामै नष्ट हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै यो केवल बाली क्षतिको विषय नभई किसानको सपना, पसिना र भविष्यसँग जोडिएको गम्भीर समस्या भएको बताउनुभएको हो ।
बाँदर आतंक वर्षौँदेखि थुप्रिँदै आएको जटिल समस्या भएकाले विगतका सरकारहरूले प्रभावकारी समाधानतर्फ आवश्यक पहल गर्न नसकेको भुसालको तर्क छ । तर वर्तमान सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी दीर्घकालीन र व्यवहारिक समाधानको खोजीमा काम गरिरहेको उहाँको भनाइ छ ।
सांसद भुसालका अनुसार प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा उच्चस्तरीय समिति गठन भइसकेको छ। समितिले समस्याको गहिरो अध्ययन गर्दै दीगो र व्यवहारिक समाधानका उपायहरू खोजिरहेको छ। यो समस्या तत्काल समाधान हुने प्रकृतिको नभए पनि सरकार यसबाट पछि नहट्ने भुसालको जिकिर छ ।
अर्घाखाँचीका किसानको पीडा सरकारको पनि साझा पीडा भएको उल्लेख गर्दै उहाँले किसानका गुनासा सुनिएको, समस्या बुझिएको र समाधानका लागि निरन्तर पहल भइरहेको बताउनुभएको छ । सबै समस्या एकैपटक समाधान गर्न सम्भव नभए पनि आवश्यक नीति, योजना र कार्यक्रममार्फत प्रभावकारी समाधानतर्फ सरकार प्रतिबद्ध रहेको भुसालको विश्वास छ।
सांसद भुसालले कठिन परिस्थितिमा धैर्य र विश्वास कायम राख्दै साथ दिइरहेका सम्पूर्ण अर्घाखाँचीवासीप्रति आभार व्यक्त गर्दै किसानको पसिनाको सम्मान हुने दिन अवश्य आउने विश्वास व्यक्त गर्नुभएको छ । किसानको आवाज सरकारसम्म मात्र नभई समाधानसम्म पुर्‍याउने प्रतिबद्धता पनि उहाँले दोहोर्याएका छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका