ब्रिटिस बास्केटबल कपको उपाधि छात्रतर्फ आयोजक र छात्रातर्फ एभरेष्टलाई

भैरहवा  । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा २०८२ सालको एसईईमा सहभागी विद्यार्थीहरुका बिचमा सञ्चालित बास्केटबल प्रतियोगिताका उपाधि छात्रतर्फ ब्रिटिस ग्रामर स्कुल र छात्रा एभरेस्ट मावि बुटवलले जितेता छन् भने उपबिजेता छात्रतर्फ दीप बोर्डिङ र छात्रातर्फ आयोजक ब्रिटिस ग्रामर भएका छन् । बैशाख २३ गतेबाट सञ्चालन भएको तिन दिवशीय प्रतियोगिता सेमिफाइनल र फाइनल खेल शुक्रबार  सम्पन्न भएका हुन ।

मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रुपमा स्थापित यस विद्यालयमा कक्षा नर्सरीदेखि बारसम्मको पढाइ हुँदै आएको छ। कक्षा एघार र बारहमा साइन्स र म्यानेजमेन्ट सञ्चालन गरेको विद्यालयले कक्षा ८ , १० र बारमा सतप्रतिशत नतिजा दिँदै आएको छ ।
बास्केटबल प्रतियोगितामा रुपन्देही र छिमेकी जिल्लाका एसईईमा सहभागी छात्रतर्फ १० र छात्रातर्फ ५ टिम सहभागी रहेका थिए । जसमा छात्रतर्फ आयोजक विद्यालय विजिएस आरका दुई टिम , सिध्दार्थ बोर्डिङ , न्यु ह‍‍ोराइजन , न्यु इन्भाएरमन्ट , दीप बोर्डिङ , शान्ति नमुना मावि , सगरमाथा बास्केटबल क्लव , सैनमैना बास्केटबल क्लव र एभरेस्ट बोर्डिङ रहेका थए भने भने छात्रातर्फ एभरेस्ट बोर्डिङ , होराइजन , सिध्दार्थ र ब्रिटिस ग्रामर स्कुलको टिम सहभागी रहेका थिए ।
आज सम्पन फाइनल खेलमा छात्रतर्फ आयोजक व्रिटिस ग्रामरले ३१ – २६ स्कोरले दीप बोर्डिङलाई पराजित गर्दै विजेता बन्न सफल भयो भने छात्रातर्फ एभरेष्ट बोर्डिङ बुटवलले ब्रिटिस ग्रामर स्कुललाई ८- २ स्कोरले पछाडि पारी बिजेता बन्न सफल भयो ।
फाइनल खेल पछि आयोजित पुरस्कार वितरण समारोह जिल्ला बास्केटबल संघ रुपन्देहीका अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले शैक्षिक क्षेत्रमा मात्रै नभइ खेलकूदको क्षेत्रमासमेत लुम्बिनी प्रदेशको नमुना स्कुल बनी हामीलाई गौरव गर्ने अवसर प्रदान गरेको बताउनु भयो।
कार्यक्रममा अफिसियल , खेल प्रशिक्षकसहित विजेता तथा उपविजेता टिमलाई कप , प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो। बास्केटबल प्रतियोगितामा छात्रतर्फ ब्रिटिस ग्रामर स्कुलका नमसिन राना र छात्रातर्फ एभरेष्ट बोडिङकी सुहना पौडेल उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।
समापन समारोहमा विद्यालयका निर्देशक विष्णुप्रसाद भुसाल , डिल्लीनारायण पाण्डेय , पुष्पा कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयकी अतिरिक्त कृयाकलाप प्रमुख रोमा शर्माको सञ्चालन , बास्केटबल प्रशिक्षक आयुष कुँवरको अध्यक्षतामा सञ्तालित कार्यक्रममा विद्यालयका सहप्राचार्यद्वय महेश पौडेल र इन्जिनियर उमृश कँडेलले आफ्ना धारणा राखेका थिए ।
कक्षा १देखि १० सम्म केही सिटमा र कक्षा ११ व्यवस्थापन र विज्ञान संकयमा ३०/ २३० सिटमा रजिस्ट्रेसन खुलेकाले विश्वस्तरीय शिक्षाका लागि अभिभावकले सम्पर्क गर्नुहुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका