सिद्धार्थनगर सिटी हस्पिटलमा नशा तथा मनोरोग विभाग सञ्चालनमा

नयाँ विभागमार्फत मानसिक स्वास्थ्य तथा लतजन्य (नशा) समस्याहरूको पहिचान, परामर्श, उपचार र पुनस्र्थापना सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ ।  अनुभवी मनोचिकित्सक, मनोपरामर्शदाता तथा क्लिनिकल साइकोलोजिस्ट डा. संजिव रंजनको टोलीले सेवा प्रदान गर्नेछ ।
गौतमबुद्ध सन्देश

भैरहवा, ३ असोज । सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा, रुपन्देहीमा असोज १ गतेदेखि ‘नशा तथा मनोरोग विभाग’ विभाग सञ्चालनमा आएको छ । बुधबारदेखि औपचारिक रुपमा Department of Psychiatry and De–addiction विभाग प्रारम्भ भएको हस्पिटलले जनाएको छ ।

यो विभाग लुम्बिनी प्रदेशमा सेवा विस्तारको नयाँ अध्याय मानिएको हस्पिटलको भनाइ छ । जहाँ मानसिक स्वास्थ्य र नशासम्बन्धी समस्याको समग्र उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ । नयाँ विभागमार्फत मानसिक स्वास्थ्य तथा लतजन्य (नशा) समस्याहरूको पहिचान, परामर्श, उपचार र पुनस्र्थापना सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ ।

अनुभवी मनोचिकित्सक, मनोपरामर्शदाता तथा क्लिनिकल साइकोलोजिस्ट डा. संजिव रंजनको टोलीले सेवा प्रदान गर्नेछ । उक्त टोलीमा तालिमप्राप्त नर्सिङ्ग कर्मचारी आवश्यक अत्याधुनिक प्रविधियुक्त सामानहरुको साथमा यो सेवा सञ्चालन गर्न लागिएको छ । उक्त विभागबाट आकस्मिक कक्ष (इमरजेन्सी), बहिरंग सेवा (ओपिडी) मा बिरामी भर्ना लगायतका सेवाहरु प्रदान गरिने हस्पिटलले जनाएको छ ।

सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार भैरहवा तथा आसपासका जिल्लामा मानसिक समस्या तथा लतजन्य रोगहरू बढ्दै गइरहेका छन् । यस्ता समस्यालाई ध्यानमा राख्दै आधुनिक प्रविधियुक्त तथा मानवमूल्यमा आधारित उपचार सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो विभाग स्थापना गरिएको पौडेलले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, युसीएमएस भैरहवा लगायत अन्य अस्पतालहरुबाट अनुभवप्राप्त डा.संजिव रंजनका अनुसार पछिल्ला वर्षहरूमा तनाव, चिन्ता, डिप्रेशन, न्युरोसिस, सिजोफ्रेनिया, बायपोलार डिसअर्डर जस्ता मानसिक समस्याहरू तीव्र रूपमा बढिरहेको देखिन्छ ।

त्यसै गरी लागूऔषध दुव्र्यसन, मद्यपान, धूम्रपान लगायतका कारणले पनि लाखौं युवाहरू प्रभावित छन् । विभागमा मानसिक रोगको परामर्श र उपचार (डिप्रेसन, एंग्जायटी, सिजोफ्रेनिया आदि), लागूपदार्थ दुव्र्यसन (नशा) व्यवस्थापन तथा परामर्श, किशोरकिशोरीको मानसिक स्वास्थ्य सहायता, आवश्यकताअनुसार औषधीय तथा मनोसामाजिक उपचार, इमर्जेन्सी तथा बिरामी भर्ना सुविधा, व्यक्तिगत तथा पारिवारिक परामर्श आवश्यक परेमा पुनस्र्थापना सेवाको सहजीकरण लगायतका सेवा उपलब्ध रहेको छ ।

May be an image of text

अस्पतालका हस्पिटल निर्देशक डा. अमित चर्तुवेदीका अनुसार यो विभागले पश्चिम नेपालमा मानसिक स्वास्थ्य सेवा प्रवाहमा नयाँ युगको सुरुवात गर्नेछ । बिरामी तथा परिवारलाई सहज, सुरक्षित र गोप्य वातावरणमा सेवा प्रदान गरिने उहाँले जानकारी गराउनु भयो ।

सिद्धार्थनगर सिटी हस्पिटलले यो सेवाभित्र विद्यालय, कलेज र कार्यालयहरूमा जागरूकता कार्यक्रम, मनोरोगसम्बन्धी स्क्रिनिङ क्याम्प र सामुदायिक हेल्थ आउटरीच पनि सञ्चालन गर्ने योजना बनाएर समुदायसम्म मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने जनाएको छ ।

स्थानीयबासीहरूले यो सेवा सुरु हुनु सकारात्मक कदम भएको बताएका छन् । नयाँ सेवा सुरु भएसँगै स्थानीय समुदायले स्वागत गर्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले भैरहवा र वरपरका क्षेत्रमा यस्तो समर्पित सेवा आवश्यक रहेको बताए । अब मानसिक समस्या सम्बन्धी उपचारका लागि काठमाडौं, पोखरा जानु नपर्ने र भैरहवामै गुणस्तरीय सेवा पाउने सकिने एक स्थानीयले बताए ।

स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर उत्कृष्टता प्रदान गर्दै आएको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.लुम्बिनी प्रदेशको अग्रणी स्वास्थ्य संस्था भएको हस्पिटलको दावी छ ।

May be an image of 1 person, hospital and text that says 'SCH CITY HOSPITAL SIDDHARTHANAGAR Since 2010 टिकट रू 300 KNOW YOUR DOCTOR नशा तथा मनोरोग विरोषज् सेवा हामरा सेवाहरु:- निन्द्रा नलागने गलत सोच आइरहने एक्लै बस्न मनपराउने आफुले आफैलाई एक्लो सम्भनू केही गरछ भन्नते आट नआउने मुट्ुको धडकन बढी हुने डर लाग्ने नराम्रो सपना देखिरहने माइ्ग्ेन डिप्रेसन कुलत निवारण Airport Road, Bhairahawa Dr. Sanjeev Ranja MBBS, MD- MD-Psychiatrist 071-576375 9746402490'

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका