भैरहवा, १७ भदौ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले बाढीप्रभावितको राहतका लागि आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि मंगलबार १ लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको संघका अध्यक्ष यादव पोख्रेलले बताउनुभयो ।
अध्यक्ष पोख्रेलका अनुसार नेपाल मदिरा व्यवसायी महासंघमा पठाइएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु गर्दै आएको कोषाध्यक्ष विनोद आचार्यले बताउनुभयो ।










