बाढी पीडितलाई क्रिमसनको ७,७७,७७७ रुपैयाँ सहयोग

क्रिमसन कलेज अफ टेक्नोलोजी प्रा.लि. र क्रिसमन अस्पतालले रसुवागढी बाढी पीडित नागरिकको सहयोगार्थ ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग प्रदान गरेको छ । भोटेकोशी तथा त्रिशुली नदीमा आएको बिनाशकारी बाढीबाट विस्थापित नागरिकलाई राहत तथा पुनस्र्थापना गर्नका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरिएको क्रिमसन कलेज अफ टेक्नोलोजीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।


कलेज तथा अस्पतालमा यस बर्ष तीजको दरखाने कार्यक्रममा खर्च हुने रकमसहित संस्थाका तर्फबाट थप गरी राहत कोषमा रकम जम्मा गरिएको हो । क्रिमसन कलेज अफ टेक्नोलोजी अन्तर्गत बुटवल ११ देविनगरमा क्रिमसन कलेज र तिलोत्तमा ५ मणिग्राममा क्रिमसन अस्पताल संचालनमा छन् । कलेजमा व्यवस्थापन, फार्मेसी तथा नर्सिग शिक्षा अध्यापन हुने गरेको छ । १०० बेडको क्रिमसन अस्पतालले सबै खाले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका