भैरहवा, ९ भदौ । सामाजिक अभियन्ता भोपेन्द्र प्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडास्तर (तह)का सम्भावित उम्मेदवारहरूसँग छलफल गर्नुभएको छ । मंगलबार रुपन्देहीको भैरहवामा आयोजित छलफलमा स्थानीय तह निर्वाचन, वडा तहमा सम्भावित उम्मेदवारी तथा आगामी राजनीतिक गतिविधिबारे विचार–विमर्श भएको यादवले जानकारी दिनुभयो ।कार्यक्रममा रामदेव यादव, रामकेश गुप्ता, रामअवध गुप्ता, निर्मला हरिजन, शम्भु यादव, भण्डारी यादव, गुन्जा बरई, राजु यादव, लाल बहादुर केवट, सजरुद्दीन मुसलमानलगायतको सहभागीता रहेको उहाँले बताउनुभयो ।भोपेन्द्र प्रसाद यादव २०७९ र २०८२ सालमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।










