सिद्धार्थनगरमा बुधबार स्थानीय बिदा

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०१औँ जन्मजयन्तीका अवसरमा बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० गते बुधबार सिद्धार्थनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, नगर कार्यपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय बिदा लागू हुनेछ।

नगर प्रमुखस्तरीय निर्णयअनुसार बिदा दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै बिदाको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।

सिद्धार्थनगर नगरपालिका रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक तथा सांस्कृतिक विविधतायुक्त नगरका रूपमा रहेको छ। नगरपालिकाले यसअघि पनि स्थानीय पर्व तथा महत्वपूर्ण धार्मिक अवसरमा स्थानीय बिदा दिँदै आएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका