‘भैरहवा दशैं महोत्सव’मा निःशुल्क प्राथमिक उपचारका लागी सम्झौता

भैरहवा, असोज २३ । रुपन्देहीको भैरहवामा यही असोज २५ गतेदेखि सुरु हुने प्रथम दशैँ महोत्सवमा सहभागी हुने सर्वसाधारण, दर्शक, आयोजक, स्वयंसेवक तथा अन्य व्यक्तिहरूलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल सिएमए संघ, रुपन्देही र लायन्स क्लब अफ भैरहवा लिगेसीबीच सम्झौता भएको छ।

सम्झौताअनुसार महोत्सव अवधिभर नेपाल सिएमए संघ, रुपन्देहीले आवश्यकताअनुसार दक्ष तथा अनुभवी सिएमए स्वास्थ्यकर्मी परिचालन गरी सामान्य चोटपटक, घाउचोट तथा आकस्मिक स्वास्थ्य समस्यामा प्राथमिक उपचार सेवा उपलब्ध गराउनेछ।
महोत्सव अवधिभर सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न दुवै संस्थाले आपसी समन्वय र सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा नेपाल सिएमए संघ, रुपन्देहीका अध्यक्ष शशीकान्त उपाध्याय र लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले हस्ताक्षर गरेका छन्।
भारतको दशहरा तथा नेपालीहरूको बडादशैंका अवसरमा भारतीय तथा स्वदेशी पर्यटकको उल्लेख्य आवागमन हुने भएकाले त्यसलाई मध्यनजर गर्दै महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

महोत्सवले भैरहवा तथा आसपासका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको प्रचार–प्रसारसँगै स्थानीय व्यापार–व्यवसायलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको आयोजक सँस्था लायन्स क्लब अफ भैरहवा लिगेसीका सँस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।

महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता बढाई स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको उनले जनाए ।

२०८० सालमा पनि भैरहवामा पहिलोपटक सिद्धार्थनगर सांस्कृतिक मेला ९महोत्सव० आयोजना गरी सफलता हासिल गरिएकदाबी आयोजकको छ । त्यसैको निरन्तरताका रूपमा यस वर्षको महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकार, भोजपुरी तथा स्थानीय कलाकारहरूको सहभागिता रहने जनाइएको छ ।

भैरहवा, बुटवल, परासी, सैनामैना, लुमिबनी, तौलिहवा, शुद्धोधन, कञ्चन र भारतको सिमावर्ती नौतनवासम्मका बासीन्दालाई महोत्सवमा आकर्षित गर्ने खालका कार्यक्रम समावेश रहेको र खाद्य, कपडा र मनोरञ्जनसँग सम्बन्धित ५० भन्दा धेरै स्टल रहने जनाइएको छ ।

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका