सर्वोच्चका न्यायाधिशको स्वागत तथा विदाई

रुपन्देही जिल्ला अदालतमा कार्यरत न्याय प्रशासन फाँटका कर्मचारीहरुले सामाजिक भावनाका साथ लफङ्गा नामक संस्था गठन गरेका छन् । संस्थाको आवरणमा सरसफाई, बृक्षरोपण, बृद्धाश्रम तथा अनाथ आश्रममा सहयोग जस्ता काम हुँदै आएका छन् ।
यसैबीच लफङ्गाले सर्वोच्च अदालतका न्यायाधिश विनोद कुमार शर्माको स्वागत तथा विदाई गरेको छ । न्यायाधिश शर्मा केहि समयमै सेवानिवृत्त हुँदै हुनुहुन्छ । उहाँ अदालतहरुको अनुगमनका सिलसिलामा भैरहवा आउनुभएको थियो ।
रुपन्देही जिल्ला अदालतमा आयोजित एक समारोहमा न्यायाधिश शर्मालाई लफङ्गा समूहका अध्यक्ष शिवलाल देवकोटाले मायाको चिनो दिएर स्वागत तथा विदाई गर्नुभयो ।
त्यसैगरी लफङ्गा समूहले रुपन्देही जिल्ला अदालत परिसरमा सरसफाई गर्नुका तथा अदालत परिसरमा बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
लफङ्गा समूहका अध्यक्ष शिवलाल देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधिश शर्माले लफङ्गा समुह भनेर नाम सुन्दा अनौठो लागेपनि अदालतका पेशाकर्मी कर्मचारीहरुको सामाजिक भावना बोकेका साथीहरुको समूहको कामबाट आफू प्रभावित भएको बताउनुभयो ।
लफङ्गा समुहका अध्यक्ष शिवलाल देवकोटाले सेवानिवृत्त हुन लाग्नुभएका सर्वोच्च अदालतका न्यायाधिश शर्माको उज्वल भविष्यको कामना गर्नुभयो । उहाँँले लफङ्गा समूहले सामाजिक क्षेत्रमा काम गरिरहेको पनि जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालय, जिल्ला न्यायधिश कोमलप्रसाद आचार्य बिशेष अतिथि रहनु भएको सो कार्यक्रममा जिल्ला न्यायाधिशहरु, श्रेस्तेदार बिमल रेग्मी, जिल्ला वार ईकाई अध्यक्ष लयप्रसाद भट्टराईलगायत अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रम सुमित चापागाईको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका