बुटवल– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन् । मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आएकी भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन् ।













