भैरहवा, ११ भदौ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आयोजना गर्ने भनेको तीज मिलन कार्यक्रम स्थगित गरेको छ। भदौ १३ गते गरिने कार्यक्रम देशको वर्तमान विषम परिस्थितिको कारण हाललाई स्थगित गरिएको संघका अध्यक्ष यादव पोख्रेलले बताउनुभयो ।
बुधबार रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति संघले दुःख समेत व्यक्त गरेको छ ।










