संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिस बारे निर्णय गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले प्रधानन्यायाधीशको सिफारिस बारे निर्णय गर्ने एजेण्डा रहेको छ ।  प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुन मन्त्रीसमेत सहभागी हुने प्रावधान रहेकोले यस बैठकमा मन्त्री सोबिता गौतमको समेत सहभागिता हुनेछ ।

सरकारले अध्यादेश मार्फत यसअघि व्यवस्था संशोधन गर्दै चार जना उपस्थित भएमा बैठक बस्न सकिने र तीन जनाको सहमतिमा निर्णय गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ । परिवदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन  ।

त्यस्तै  प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुन मन्त्री पनि परिषद्को सदस्यको रूपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ ।

त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषद्को सचिवको रूपमा काम गर्ने व्यवस्था रहेको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका