भैरहवा । रुपन्देही क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका दुई राजनीतिक दलका नेताहरूले मनोनयन दर्ताका क्रममा सामूहिक रूपमा खुसी साटासाट गर्दै सौहार्द्धपूर्ण सन्देश दिएका छन्।
मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा र नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलेले उम्मेदवारी दर्ता गर्ने क्रममा एकआपसमा हात मिलाउँदै सामूहिक फोटो खिचाए ।










