अध्यक्षको निर्देशन अटेर गरी अनमीलाई तलब उजुरीपछि फिर्ता

भैरहवा । सुत्केरी भएर घरमा बसेकी कर्मचारीको हाजिरी मिलाएर गैर कानुनी तबरले तलब भत्ता बुझेकी स्वास्थ्य चौकीकी एक कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयले छानबिन अघि बढाएपछि चार महिनाको तलब फिर्ता गरेका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ३ स्थित कम्हरिया स्वास्थ्य चौकीमा कार्यरत अनमी रीमा यादवले १ लाख ४२ हजार रुपैयाँ मायादेवी गाउँपालिकाको खातामा जम्मा गरेकी हुन् । पालिकाका प्रशासनकीय अधिकृत लेखनाथ पोखरेलको जोडबलमा यादवलाई गत चैत्रमा ज्यालादारीमा नियुक्त गरिएको थियो । उनी गत साउन १ गते भीम अस्पताल भैरहवामा सुत्केरी भएकी थिईन् ।
ज्यालादारीमा नियुक्त कर्मचारीले सुत्केरी बिदा पाउँदैनन् । तर पालिकाका प्रशासकीय अधिकृत पोखरेल र कम्हरिया स्वास्थ्य चौकी इन्चार्ज पण्डितको मिलेमतोमा घरमा बसिरहेकी यादवको हाजिरी मिलाएर स्वास्थ्य चौकीमा लामो समयदेखि अनुपस्थित यादवलाई भदौमा ६ महिनाको ज्यालादारी नियुक्ति थप गरियो र साउनदेखि कार्तिक सम्मको चार महिनाको तलब उनकै खातामा पठाइयो ।
हाजिरी मिनाउन र जागिर जोगाउन रीमाले स्वास्थ्य चौकी ईन्चार्ज पण्डितलाई १ लाख रुपैयाँ घुस दिएकी थिईन् । घुस रकम पण्डित र प्रशासकीय अधिकृत पोखरेलले बाँडेर खाएका थिए ।
मंसीरदेखि हाजिर भएकी अनमी यादवको नाममा गैर कानुनी रुपमा तलब भत्ता झिकिएको र ज्यालादारी कर्मचारीले बीचमा काम छोडेपछि पुनः हाजिरी गराउन नमिल्ने देखिएको हुँदा उक्त बिषयमा अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
छानबिन शुरु भएपछि पालिका अध्यक्ष धुर्वनारायण चौधरीले अनमी यादवलाई तत्काल सेवाबाट हटाउन निर्देशन दिएका थिए । यद्यपि प्रशासकीय अधिकृत पोखरेलले अटेरी गरी पुषमा उनको ज्यालादारी अवधि २०८३ असारसम्म थप गरेका छन् ।
हाजिरी रजिस्टर, तलब भुक्तानी विवरण, बैंक ट्रान्जेक्सन अभिलेख, अस्पतालको डिस्चार्ज पेपर, बच्चा जन्मको मिति विवरण, दैनिक कार्य विवरण, सिफारिस तथा निर्णयसम्बन्धी कागजातलगायतका प्रमाणका आधारमा सुत्केरी भएर घरमा बसेकी अनमी यादवको कीर्ते हाजिरी र तलब झिकेर गैरकानुनी काम गरेको प्रमाणित भएको हो । रीमाले अनमीमा नियुक्ती हुने बेलामा समेत प्रशासकीय अधिकृत पोखरेललाई घुस दिएको चर्चा छ ।
प्रशासकीय अधिकृतकै मिलेमतोमा स्वास्थ्य चौकीमा अनियमितत ढंगले कर्मचारीको म्याद थप तथा तलब भत्ता खर्च गरेपछि स्थानीय संजय कुमार मिश्राले गत चैत १८ मा अख्तियारमा उजुरी गरेका थिए । उनले अनमी यादवको सुत्केरी रेकर्ड र फर्जी हाजिरी समेत अख्तियारमा पठाएका थिए । सुत्केरी हुने दिनमा समेत उनको हाजिरी देखिएको थियो ।
पालिका अध्यक्ष चौधरीले म्याद नथपौं विवादमा नपरौं भनेपनि प्रशासकीय अधिकृत पोखरेलले अटेरी गरेकाले त्यसको जवाफ पनि उहाँले नै दिनुपर्ने बताउनुभएको छ ।उहाँले भन्नुभयो – मैले त पटक पटक भनेकै हो, मान्नुहुन्न त उहाँले नै भोग्नुहुन्छ नि !’

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका