पौडेल वंशावलीको स्थापना दिवसमा वृक्षारोपण

गौतमबुद्ध सन्देश

भैरहवा, असार १ । पौडेल वंशावलीको स्थापना दिवसको उपलक्ष्यमा आइतबार भैरहवामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि पौडेल वंशवली महासंघका अध्यक्ष हरिहर पौडेल, जिल्ला अध्यक्ष झविन्द्र पौडेल, सिद्धार्थ नगरपालिकाका अध्यक्ष विष्णु पौडेल लगायत पौडेल बन्धुहरूको उपस्थितिमा मायादेवी छ बेथरीमा रहेको सुमित्रा मेमोरियल क्यान्सर अस्पतालमा ५० वटा फलफुलका बिरुवाहरु वृक्षारोपण गरिएको थियो ।

अम्बा ,आँप ,जामुन, काजु ,सलिफा, स्याउ लगायतका फलफुलका बिरुवाहरु वृक्षारोपण गरिएको पौडेल वंशावली महासंघ नगर कमिटीका कोषाध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै महासङ्घका नगर कमिटीका सचिव पवन पौडेलले बिरुवा रोप्नु मात्र ठूलो नभई त्यसलाई हुर्काउनु र संरक्षण गर्नु महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि हरिहर पौडेल, नगर कमिटी अध्यक्ष विष्णु पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।  कार्यक्रमको सम्योजन सुशील पौडेलले गरेका थिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका