दाल, चामल पालिकाबाट किन्न पाइन्छ ?

भैरहवा, ४ बैशाख । प्रशासकीय अधिकृतले घरमा लगेको किराना सामानको बिल भुक्तानी रोकिएपछि रुपन्देहीको मायादेवी गाउँपालिकामा विवाद चर्र्किएको छ । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले चामल, दाल, तेल लगायतका सामान घरमा लगेको ६२ हजार रुपैयाँको बिल पालिकामा पेश गरेका थिए ।
लेखा शाखाले कार्य पालिका बैठकले स्वीकृति नलिई खरिद गरेको सामानको भुक्तानी दिन नमानेपछि विवाद चर्किएको हो । प्रमुख प्रशासकिय अधिकृत पोखरेलले मनमौजी गर्न खोजेपछि लेखा र कार्यपालिका बैठकले बिल भुक्तानी गर्न स्वीकृती दिएन । प्रशासकीय अधिकृत पोखरेलले त्यसलाई इगोको रुपमा लिएर बखेडा गरेका छन् ।
पालिका अध्यक्ष धुर्वनारायण चौधरीलाई प्रभावमा पारेर प्रशासकीय अधिकृतले बदमासी गरेको कार्यपालिका सदस्यहरुको गुनासो छ । ‘हो पालिकामा भुक्तानी सम्बन्धी धेरै विवाद छ,’ मायादेवी ७ का अध्यक्ष तथा पालिका प्रवक्ता शैलेन्द्र पाण्डेय भन्छन् (‘यति भ्रष्ट हाकिम त अहिलेसम्म देखिएकै थिएन, बहुत लोभी हुनुहुँदो रहेछ, जे मनलाग्यो त्यहि गर्ने ।’
कुरा प्रशासकीय अधिकृतको घर खर्चको मात्र होइन । पालिकालाई स्मार्ट पालिका बनाउने भन्दै कृषि शाखाको सफ्टवेयर खरिदमा समेत जालझेल भएको छ । १२ लाखमा सप्लायर्स र जिनसि शाखा बिच फाइनल भएको सफ्टवेयरलाई १८ लाखको बिल बनाई भुक्तानीको लागि लेखा शाखामा प्रमुख प्रशासकीय अधिकृत पोखरेलले आफै विल पेश गरि भुक्तानीको लागि दवाब दिएपछि विवाद छताछुल्ल भएको हो । कृषि शाखाको मात्र होइन पालिकाको सफ्टवेयरमा पनि मोटो रकम हात पार्न चलखेल गरिएको छ ।
प्रशासकीय अधिकृत पोखरेलले स्मार्ट पालिका बनाउने भन्दै ८६ लाखमा सफ्टवेयर खरिद गर्ने तयारी गरेको बिषयमा समेत कार्यपालिका सदस्यहरुले छानबिनको माग गरेका छन् ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका