नवलपरासी । असार महिना खेतीपातीमा समय बिताउने सुस्मितालाई अहिले भने चप्पल बनाउन भ्याई नभ्याई छ ।
अहिले उनी बिहान देखि साँझ सम्म चप्पल बनाउन व्यस्त हुन्छिन् । उनले आफूले बनाएको चप्पल आफैले बेच्छिन् ।चप्पल बेचेर घरमै बसीबसी आम्दानी गर्छिन । घरपरिवार चलाउनका लागि श्रीमानको भरमा पर्नुपर्ने सुस्मिता अहिले भने आफ्नै कमाइबाट घर परिवार चलाउन थालेकी छिन ।
सुस्मिता आफूले कमाएको पैसाबाट घर खर्चमा चलाउन पाउँदा र विदेशमा रहेका श्रीमानको पैसा बचत गर्न पाउँदा एकदमै खुसी छिन् । चप्पल बनाउने
बेसिक र एडभान्स तालिम लिएकी सुस्मिता अहिले भने कोठामा मेसिन राखेर चप्पल बनाउन थालेकी छिन्। सुरुमा परिवारले विश्वास गरेनन् । तर जब अहिले मासिक १० -१५ हजार कमाउन थालिन समाज र घरपरिवारको दृष्टिकोण परिवर्तन भयो। अहिले उनी छिमेकी महिलाहरूलाई पनि तालिम दिन्छिन्। सुस्मितालाई बजारको पनि समस्या छैन। धेरै जसो मानिसहरु फोनमै अर्डर गरेर चप्पल लैजाने गरेका छन्।
सुस्मिताले समूहमा र एक्लै दुवै प्रकारले चप्पल बनाउछिन । दुवै गरेर सात प्रकारका चप्पल उत्पादन गर्छिन्। सुस्मितालाई सुस्ता गाउँपालिकाले चप्पल बनाउने तालिम दिएको थियो । (गाउँ पालिकाले तालीम दिएर ठूलो सहयोग गर्यो । गृहिणीलाई उद्यमी बनायो । तरअझै मेसिन(साँचा) को व्यवस्था गरेमा अझ थप सहज हुन्थ्यो। ) सुस्मिताले सुनाउनु भयो ।
सुस्ताकै अर्को उद्यमी मनोहर मिया उनी केराको चिप्स बनाउने प्रशिक्षक हुन् । उनले विभिन्न ठाउँमा केराको चिप्स बनाउने तालिम दिन्छन्। वैदेशिक रोजगारबाट कोभिड का कारण नेपाल फर्किन बाध्य भएका तीन महिनाको बसाई ले उनलाई मनमा अशान्ति भयो। अब के गर्ने त भन्ने कुराले उनलाई राति निन्द्रा लाग्दैन थियो। यसैबेला प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना ले केराको को चिप्स बनाउने तालिम दियो। तालिम पश्चात आफूसँग आवश्यकता हुअर्ने र चिप्स बनाउने मेसिनहरू थिएन। चक्कुले केरा काट्ने र छिल्ने गर्ने गर्थे। सुरुवाती समयमा थोरै केरा को चिप्स बनाएर गाउँघरमा बेच्न थाले। गाउँघरको पसलहरुमा बेच्दा बेच्दै केराको चिप्स बुटवल भैरहवा काठमाडौँ लगायतका ठाउँबाट माग हुन लाग्यो। त्यसपछि मनोहर ले त्रिवेणी खाद्य उद्योग २०७९ सालमा दर्ता गरेर व्यावसायिक रूपमा सुरु गरे सुरुवाती समयमा हातले केरा काट्ने छिल्ने गर्नुपर्ने बाध्यता थियो त्यसो गर्दा कर्मचारी खर्च पनि धेरै आउने समयको पनि अभाव भइरहेको थियो एकदिन प्रधानमन्त्री कृषि उद्योगीकरण प्रयोजना संस्थाले केराको चिप्स बनाउने इच्छुक व्यक्तिलाई मेसिनको व्यवस्था गर्ने कुरा थाहा पाए त्यसपछि संस्थाले केराको चिप्स बनाउने मेसिन उपलब्ध गरायो। मेरो खाद्य उद्योग पनि एकदमै राम्रो चल्न थाल्यो। मनोहर मिया अहिले उनले ७ जना स्थानीयहरूलाई रोजगारी दिँदै आएका छन् । चार लाखमा सुरु गरेको बिजनेस अहिले भने ३० लाख सम्मको भएको छ। उनले उत्पादन गरेका चिप्स बुटवल भैरवा लगायत सुस्ताका स्थानीय बजारमा बिक्री वितरण भइरहेका छन् अहिले उनी गाउँ घरमै घरपरिवारसँग मिलेर आफ्नै व्यवसाय सञ्चालन गर्न पाउँदा एकदमै खुसी छन्। उनी लगायत उनकी श्रीमती र भाइ पनि केरा चिप्स बनाउनलाई सहयोग गर्छन्। भाइले बजारमा चिप्स ुर्याउने काम गर्छन्। उनकी श्रीमती घरको काम साथसाथै उद्योगमा पनि सहयोग गर्छिन् श्रीमती र भाइको साथ सपोर्टले मनोहरको उद्योगमा धेरै सहयोग भएको बताए ।(अझै पनि मेसिनको अभावका कारण काठमाडौँ लगायतका ठाउँहरूमा पर्याप्त मात्रामा केराको चिप्स पठाउन सकेका छैनौ गाउँपालिकाले मेसिनको व्यवस्था गरेमा देशविदेशमा केराको चिप्स बेचेर मनग्य आम्दानी गर्न सकिन्छ। सुस्ता गाउँपालिका स्थानीयहरूलाई पनि रोजगारको राम्रो व्यवस्था हुने थियो। नेपालमै बसेर केही गर्छु भन्नेहरूका लागि अझ सहज हुने थियो। ) मियालेभने।
सुस्ता दुई कि अर्को उद्यमी हुन संगीता देवी हरिजन । उनी सिलाइको काम गर्छिन । संगीता भन्छिन् (समाजले नचिनेको म अहिले सिलाई कटाई तालिम लिएर आफ्नो व्यवसाय सुरु गरेदेखि सबैले चिन्नु हुन्छ। सुस्ता गाउँ मात्रै होइन टाढा टाढाबाट कपडा सिलाउन आउनुहुन्छ )
२ वर्ष अघि सगिताले खुशबु टेलर्स नामको आफ्नो व्यावसायिक दर्ता गरेर सुस्ता २ मा सिलाई कटाई पसल सञ्चालन गरेर ७ जनालाई महिला दिदीबहिनीहरूलाई तालिम दिँदै आएकी छिन् । श्रीमानको आफ्नै ग्यारेज भए तापनि।घरमा छोराछोरी लाई सानोसानो सामानहरू किनिदिन समस्या हुन्च्यो। कापी कलम पेन्सिल इरेजर कटर छैन दिनुस् भन्दाखेरि आफ्नो साथमा पैसा नहुँदा १० २०को लागि पनि श्रीमानकै बाटो कुरेर बस्नु पर्थ्यो। अहिले भने घर खर्च आफै चलाउने भएकी छिन् । श्रीमानले कमाएको पैसा अन्य खर्चहरूमा लगाउनुका साथसाथै गाउँघरकै सहकारीमा बचत गर्न पनि थालेकी छिन्। आफ्नो कमाई घर खर्च र छोराछोरीको पढाइमा लगाउन पाउँदा र श्रीमानको कमाई अन्य खर्च र बचत गर्न पाउँदा संगीता देवी हरिजन एकदमै खुसी छिन्। पछिलला वर्षहरुमा सुस्ता गाउँपालिका सीप सिक्ने र रोजगारीमा लाग्ने महिला र सीमान्तकृत समुदाय बढेका छन् । गाउपालिका उपाध्यक्ष गीता चौधरी भन्नुहुन्छ (तीन वर्षको कार्यकालमा सुस्ता गाउँपालिकाले उद्यमीहरूका लागि विभिन्न किसिमका तालिमहरू उपलब्ध गरायो। जसमध्ये स्तर उन्नति तर्फ ९९ र आधारभूततर्फ २ सय २६ गरेर जम्मा ३ सय ४५ व्यवसायीहरूलाई तालिम उपलब्ध गराइयो। )
सुस्ताम पहिले नै चप्पल बनाउने तालिम ३५ जनाले लिएका थिए । ३५ जनामध्ये १३ जनाले निरन्तरता दिएको हुनाले गाउपालिकाले उनीहरूलाई थप आधारभूत तालिम दिएर प्राविधिक हस्तान्तरण गरेको हो। अहिले सबैले राम्रोसँग उत्पादनका काम गरिरहेका छन। गाउपालिकाले आलुको चिप्स केराको चिप्स अचार दालमोट भुजिया चुरा पोते पटेरम्याट लगायतका तालिम आयोजना गरिरहेको छ । उत्पादन बढ्दा बजारीकरणको समस्याले गर्दा अहिले भने सुस्ता महिला कोसेली घर बनाउने प्रक्रियामा छ । यो आर्थिक वर्ष बजेट बिनियोजन भएको छ ।अर्को वर्षसम्म महिला कोसेली घर बनिसक्ने छ।









