मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा पुन पल्टन चौधरी

रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ अवस्थित मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष पल्टन चौधरीको अध्यक्षतामा र लुम्बिनी प्रदेश रुपन्देही क्षेत्र नम्बर ३ का सभा सदस्य तुल्सी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुल्सी प्रसाद चौधरी पानशमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन भएको थियो।सो तेस्रो अधिवेशनले अध्यक्ष पदमा पुन पल्टन चौधरीलाई सर्वसम्मत चयन गरेको छ।पल्टन चौधरीको अध्यक्षतामा नयाँ १५ नेतृत्व गठन गरिएको छ। उपाध्यक्षमा पार्वती पाण्डे,मीना बुढाथोकी,सचिव मान बहादुर बुढाथोकी,सह सचिवमा हरिशंकर चौधरी नितु कार्की,कोषाध्यक्षमा फुलेमान थारु,सदस्य हरुमा छेदी थारू,रन्जीत प्रसाद चौधरी,विपीन कुर्मी,छत्रपाल थारु,मुनेश्वरी थारु,रामकिसन थारु,डिल्लीराम भण्डारी,
माया केसी अधिवेशनले सर्वसम्मत चयन गरेको छ।भने
लेखा समितिमा लेखा संयोजकमा भीम बहादुर छाहारी,
सदस्यमा कन्चन देवी थारु,रमेश खरेल सर्वसम्मत चयन भएका छन् ।सो कार्यक्रममा प्रमुख अतिथि तुल्सीप्रसाद चौधरीले नव निर्वाचित पदा अधिकारीलाई शुभकामना व्यक्त गर्दै खानेपानी विस्तार गरिएका सवै घरधुरिलाई फिल्टर वितरण गरि शुद्ध पिउने पानीको उपलब्धता गराउन संस्थालाई आग्रह गर्नुभयो।विशिष्ट अतिथि शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले धेरै राम्रोसँग काम गरेकोमा संस्थामा रहनुभएका सबै पद अधिकारी लाई धन्यवाद दिदै नवनिर्वाचित हुनुभएका पद अधिकारी लाई शुभकामना व्यक्त गर्नुभयो,शुद्धोदन गाउँपालिका का सबै वडा हरुमा खानेपानी संचालनमा ल्याउन सिङ्गो गाउँपालिका लागि परेको बताउनुभयो।
उक्त कार्यक्रममा शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,लुम्बिनी प्रदेश पुर्व सभा सदस्य पुष्पा चौधरी,शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी, फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष ओमबहादुर फौदार,खड्वा बनगाइ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजप्रसाद उपाध्य,मानपकडी व्यापार संघका अध्यक्ष विष्णु ज्ञवाली,समाजसेवी बाबुराम खरेल,समाजसेवी तील प्रसाद आचार्य,समाजसेवी मोती थापाशुद्धोदन ५ का पुर्व वडा अध्यक्ष पुन्नेराम गौतम लगायतले नवनिर्वाचित पदा अधिकारीलाई शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष पार्वती पाण्डेको स्वागतमा र सचिव मानबहादुर बुढाथोकीको सञ्चालनमा सो कार्यक्रममा सम्पन्न भएको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका