तराईका जिल्लाहरुमा अत्याधिक गर्मी बढेको छ । बिगत केहि दिन यता गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ ।
दिउँसोमा सडकमा निस्कनै नसकिने अवस्था छ । तापक्रम बढेर ४२ डिग्री पुगेको छ । तातो हावा लु चल्नाले मजदुरी गर्नेहरु निकै प्रभावित बनेका छन् । गर्मीले चहलपहल घट्दै गएकाले बजार समेत सुनसान देखिन थालेका छन् ।
गर्मी बढेसँगै मानिसहरु मात्र होइन चराचुरुङ्गी तथा जनावरहरु समेत प्रभावित भएका छन् । रिंगटा लाग्ने, चक्कर आउने समस्या अहिले मानिससँगै जनावरमा पनि देखिन थालेको छ ।
गर्मीसँगै पानीका मुहानपनि सुक्दै गएका छन् । जमिनमुनिको पानीको सतह घट्दै जाँदा खानेपानी समस्या देखिन थालेको छ ।
गर्मी बढेर जनजीवन प्रभावित हुँदासमेत स्थानीय सरकारहरुले यसबाट बच्न कुनै पूर्वतयारी गरेको पाइदैन ।










