काठमाडौं । जनमत पार्टीका बहुमत सांसदहरूले कांग्रेसका कृष्ण यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
जनमत पार्टीका ९ जना सांसदहरूले फिर्ता लिएको पत्र पठाएका छन् जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सिंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बुहमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।







