नेप्से ३४ अंकले घट्यो

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६३ अंकले घटेर २ हजार ७०४.०८ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीबार ४ अर्ब ९१ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब २६ करोडको सेयर किनबेच भयो ।

सोमबारको बजारमा २७ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको घट्यो भने २ कम्पनीको स्थिर रह्यो । सोमबार धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक अगाडि रहेका छन् ।

माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स पनि जम्मा १ अंकमुनि हरियो रह्यो । तीन समूह जलविद्युत्, विकास बैंक र उत्पादन २ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटे ।

फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्ते झापा इनर्जीको ७.९९ प्रतिशत बढ्यो । सोमबार मूल्य बढ्नेमा ऋणपत्र अगाडि रहे । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घट्यो । माइखोला हाइड्रोपावरको ८.५९, नारायणी डेभलपमेन्ट बैंकको ८.५६ तथा साल्पा विकास बैंकको ८.०१ प्रतिशत मूल्य घट्यो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका