भैरहवा, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सोमबार झण्डै २८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २७ लाख ८० हजार ८ सय ४२ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।







