क्रिकेट हेर्ने दर्शकको संख्या घटेपछि क्यानले आधा घटायो ७ खेलको टिकट मूल्य

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, युएई र ओमानबीच आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ।

सिरिजको आफ्नो तेस्रो खेलमा युएईविरूद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। नेपालले जितेको उक्त खेलपछि ऐरी एउटा कुरामा भने चिन्तित थिए। उनी त्रिवि मैदानमा दर्शक नआएको चिन्तित बनेका थिए।

‘घरेलु मैदानमा दर्शक आएका छैनन्। टिकट मूल्य बढी भएर हो कि के भएर हो,’ उनको भनाइ थियो, ‘हामी बाहिर जुन देशमा गए पनि धेरै संख्यामा दर्शक आउनु हुन्थ्यो।’

ऐरीले चिन्ता व्यक्त गरेको तीन दिनपछि क्यानले टिकट मूल्य घटनाएको छ। क्यानले मंगलबार ‌ओमानविरूद्ध हुने खेलको टिकट मूल्य २ सय रुपैयाँ तोकेको छ।

यसअघि टिकटको मूल्य ४ सय रुपैयाँ थियो। अझ नेपाल र युएईबीच राति खेलाइएको दुई खेलको टिकट मूल्य ७५० रूपैयाँ थियो। उक्त खेलहरूमा दर्शकको संख्या न्यून थियो।

क्यानले यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग-२ को त्रिकोणात्मक सिरिजको ६ खेलको टिकट मूल्य पनि घटाएको छ। ती खेलको टिकट मूल्य पनि २ सय नै हुने हुने क्यानको भनाइ छ।

Ncell

 

यसअघि नेपाल प्रिमियर लिगमा भने दर्शकको संख्या उल्लेख्य थियो। लिगमा २ सयदेखि २ हजारसम्मको टिकट मूल्य तोकिएको थियो। फाइनलको दिन टिकटको माग बढेपछि क्यानले २ हजार रुपैयाँ टिकट मूल्य पुर्‍याएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका